सिके रावतको जिबनिमा बन्ने भो फ्लिम ,,

मधेशी नेता डा. सिकेरावतको जिबनीमा फ्लिम बन्ने भएको छ । उनको जिबनिमा डा .सिके रावत दि प्यासन नेपाल फ्लिम बन्न लागेको हो ।

चलचित्र ५० प्रतिशत सिके रावतको जिबनिमा बन्ने भएको हो। काठमान्डौमा एक पत्रकार सम्मेलनमा बोल्दै सिके रावतले मलाई पहिले पनि चलचित्रको टिमले भेट्न खोज्यो तर मलाई विश्वास लागेन ।

अहिले भने चलचित्र टिमको उत्सुकता र जोस जाँगर देखेर सकारात्मक भएको हु । उनले भने । भोजपुरी चलचित्रका सफल कलाकार परदेशी शाहले सिके राउतको भूमिका निर्वाहा गर्नेछन् भने चलचित्रमा बाबुको लगानी रहने छ ।

lekbesi

करिब डेढ करोड निर्माणमा बन्न लागेको यो चलचित्रलाई विजेता गिरीले प्रस्तुत गर्ने छन्। चलचित्र राधिका इन्टरनेशनल मुभिजले निर्माण गर्ने छ ।

सन्तोष शाहलेको निर्देशन गर्ने चलचित्रमा पवन गौतमको छायांकन रहने छ भने लिगेश भट्टराइको कोरियोग्राफी रहनेछ ।

चलचित्रमा ध्रुव कोइराला, पुकार भट्टराई, विशाल पहाडी, किरण थापा लगायतको अभिनय रहने छ भने रेवन्त विक्रम थापाको एक्सन,हुने छ । चलचित्रलाई आउँदो छठ पर्वमा रिलिज गर्ने तयारी गरिएको छ।