suekhet
bheriad

विप्लवका छोरा प्रकाश चन्द पक्राउ ,,

lekabesi

भदौ २५ , चितवन – प्रतिबन्धित नेकापा विप्लव समूह चन्दका छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।चितवन मेडिकल कलेजविरुद्ध आन्दोलनको अगुवाइ गरेका प्रकाश चन्दलाई बुधबार बिहान भरतपुरबाट गिरफ्तार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले बताए ।

प्रकाशको अगुवाईमा नौ दिनदेखि चितवन मेडिकल कलेजको शिक्षण अस्पताल गेट अगाडि दिनहुँ प्रदर्शन हुँदै आएको छ ।प्रकाश चन्दसहित १५ जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

विद्यार्थी पक्राउ परे पनि अस्पताल मुल गेट अगाडिको धर्ना र प्रदर्शन जारी नै रहेको छ बुधबार अस्पताल प्रशासन भित्रै छिर्ने तयारी गरेका कारण उनीहरुलाई नियन्त्रणमा लगिएको मल्लले बताए ।

नाराबाजी गर्दै रहेका विद्यार्थीले प्रकाश चन्दलाई धर्नास्थलभन्दा केही परबाट प्रहरीले नियन्त्रणमा लिएको बताए । धरनास्थलबाट केहि महिला हरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ नित्रण गर्ने क्रममा महिला प्रहरीले नभई अन्य पुरुष प्रहरीले नियन्त्रणमा लागेको पनि आन्दोलनमा त्रहेका विद्यार्थीले बताए ।

विद्यार्थीले सरकारले निर्धारण गरेको शुल्क मात्रै लिनुपर्ने र बढी लिएको सबै शुल्क फिर्ता गर्नुपर्ने लगायतका मागहरु राखेर आन्दोलन गरिरहेका छन् ।मेडिकल कलेजको प्रशासनले बुधबार नै प्रेस विज्ञप्ती निकालेर विद्यार्थीले राखेका धेरै मागहरु सरकार र सरकारका अन्य निकायहरुसँग सम्बन्धित रहेको बताएको छ ।

अस्पताल र कलेज प्रशासनसँग सम्बन्धित मागहरु वार्ता र छलफलबाट पुरा गर्न अस्प्ताल प्रशासन तयार रहेको विज्ञप्तीमा उल्लेख छ । तर आन्दोलन गरेर अस्पतालको सेवा प्रवाहमा बाधा हाल्ने, सञ्चालकहरुलाई धम्की दिने जस्ता गैर जिम्मेवार र गैरकानुनी काम भएको अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।