जन्डिस सन्चो बनाउछु भनेर झाक्रीले बिरामीको पेट चिरेपछि मर्नुन बाँच्नु ,,

भदौ २५ , धादिङ् – जन्डिसले करिब दुई महिना देखि बरामी भएर थला परेका ३९ वर्षीय राजु मगरको ज्यानै झन् जोखिममा परेको छ । धादिङको नीलकण्ठ नगरपालिका ३ शान्तबजारका गजबहादुर लामा झाँक्रीले आफुले चुसेरै जन्डिस सन्चो बनाउने भन्दै बिरामीलाई आफै घरमा बोलाएका थिए ।

लामाले आज सम्म धेरैको यसै गरी जन्डिस सन्चो बनाएको र आफुलाई सबैले महायान झाँक्री भन्ने गरेको बताउदै बिरामीको पेट ब्लेडले चिरिका थिए ।पेट चिर्नुअघि लामाले सूर्य पनि लगाएको आफन्तजनले बताए ।

विगत २ महिना अघिदेखि जन्डिसका कारण थलिएका नीलकण्ठ नगरपालिका ,९ झगरेका राजुको शरीरबाट विकार निकालिदिने भन्दै झाँक्री गजबहादुरले पेटमा प्वाल पारिदिएका हुन्।

राजुले नजिकै रहेको शहिल मेमोरियल अस्पताल नगएर छिट्टै झाँक्रीले जन्डिस सन्चो बनाउने विश्वासमा यतिबेला आफ्नी जिबन मरणमा परेका छन् ।बोल्ननै नसक्ने अवस्तामा रहेका राजुको यतिबेला जिल्ला अस्पताल धादिङमा उपचारका लागि ल्याइएको छ।

यो भन्दा पहिले पनि अस्पतालबाट राजुले जन्डिसको औसधि खईरहेका थिए ।लामो समय सम्म सन्चो नभयपछी झाँक्रीलाई देखाएका थिऔ ।झाँक्रीले उनको पेटमा भएको विकार निकालिदिन्छु भन्दै बन्द कोठमा थुनेर ब्लेडले पेटमा चिरिदिएका रैछन ।

अहिले यो अवस्थामा आउन पर्यो राजुकी श्रीमती विमलाले बताईन। सुरुमा झाँक्रीले सुई पनि लगाएको जस्तो गरी केही सामानले घोचेको र पछि ब्लेटले पेट चिरेर त्यही घाउमा मुखले टोकिदिएको कुरा श्रीमानले आफूलाई बताएको विमलाले बताइन्।

झाँक्रीले पेटमा प्वाल खोपीदिएपछि सिरीएस बनेका राजुलाई उपचारको लागि काठमाडौं नयाँबजारस्थित पिपुल मेडिकल कलेजमा लागिएको थियो तर अस्पतालले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालिदिएर फिर्ता गरिदिएको थियो।

लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति पनि हुन। उनको यसअघि पनि केही घटना विवादमा आएका थिए। ३ वर्षअघि पनि धादिङ मुलपानीकै एक महिलाको पेटमा रहेको ५ महिनाको बच्चा उपचार गर्ने बहानामा हातैले निकालेर फालिदिएका थिए।

त्यसपछि ती महिलालाई प्रहरीकोमा उजुरी गर्न भनिएपनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएको महिला अधिकारकर्मी राधिका सापकोटाले बताइन्।

अहिले राजुलाई पनि यो अवस्थामा पुर्याएपछि लामा विरुद्ध परिवारजनले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन्। लामा फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनको खोजि गरिरहेको छ।