प्रेममा डुबेका गाउँपालिका अध्यक्ष प्रेमी संगको च्याट र अर्धनग्न फोटोले प्रहरी हिरासतमा ,,
भदौ २५ , काठमान्डौ – सामाजिक संजाल फेसबुकले कति सम्म गर्छ भन्ने त तपाईहरुले देखेकै कुरा हो र सुनेको भोगेको कुराहो अब भने यौटा अर्को रोचक अनि यथार्थ कुरा सार्वजानिक भएको छ ।
प्युठान जिल्लाको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी आफ्नै श्रीमतीले दिएको उजुरीका आधारमा पक्राउ परेका छन्। दुई छोरीका बाबु रहेका गिरिलाई प्रहरीले आईतबार हिरासतमा लिएको हो ।
गिरीको श्रीमतीले बहुविवाह गरेको र परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरसहित उजुरी परेपछि प्रहरीले अध्यक्ष गिरी र उनकी प्रेमिका दुबैलाई हिरासतमा लिएको प्युठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कार्कीले बताए।
उनले विष्णु र ती युवतीका केही तस्वीरहरु र च्याटमा भएका कुराकानीलाई प्रमाणका रुपमा प्रहरीसमक्ष पेस गरेकी छिन् । प्रमाणका अधारमा प्रहरीले ति युवतीलाई पक्राउ गर्यो बिष्णु भने फरार रहे प्रहरीले वारेन्ट जारि गरेपछ विष्णु गिरी साँझ आफै प्रहरीसामु आईपुगे।
दुवैलाई अनुसन्धान गरिरहेका छौ ,प्युठान जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र न्यौपानेले भने, गिरि गौमुखी गाउँपालिका–४ पूजा निवासी अध्यक्षले दुई छोरी पछि बन्ध्याकरण गरेका छन् परिवारमा नमिलेकै कारण ०६७ सालदेखि नै श्रीमती र छोरीहरुसँग अलग्गै बस्न थालेका थिए ।
उनका छोरी र श्रीमती भने कोठा भाडा लिएर बस्ने गरेको स्थानिए बताउछन श्रीमान श्रीमती अलग बस्न थालेको १० वर्ष भएपनि कानुनु रुपमा र कागजी रुपमा अनुहरु अलग छैनन् ,उहाँहरुवीच अंश मुद्दासँगै सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको थियो र अन्तिम चरणमा पुगेको थियो।
अंशलाई चार भागमा मिलाउने कुरा अगाडी बढेपनि गिरिले अर्की युवती संग कोठाभित्र रहँदाका अर्धनग्न तस्वीरहरु आफ्नो मोबाइलमा खिचेर राख्ने गरेका थिए । साथै उनीहरुवीच फेसबुक च्याटमा प्रेमका अन्तरंग कुराकानीहरु हुने गरेका थिए ।
स्थानीय चुनावमा गौमुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएलगत्तै गिरी युवतीसँग प्रेममा फसेका थिए ।यसवीचमा उनीहरु यति नजिकिए कि बच्चा पाउने कि नपाउने भन्ने विषयमा समेत फेसबुकको म्यासेन्जरबाटै छलफल गर्न थाले ।
च्याटमा विष्णुले परिवारनियोजन गरे पनि बच्चा जन्मन सक्ने भन्दै प्रेमिकालाई आश्वस्त बनाउन खोजेका थिए ।नेपाली कांग्रेस प्युठानका नेतासमेत रहेका विष्णुले भने आफूमाथि लागेको आरोप सत्य नभएको र यसको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने पनि बताएका छन् ।
आफूले बहुविवाह नगरेको अध्यक्ष गिरीले बताउँछन् । उनले भने, ‘बिहे गरेको भए त सबैलाई थाहा दिएर गर्थें नि, बिहे पनि लुकाउने कुरा हो र ? आफ्नो व्यक्तिगत जीवन असफल भए पनि सामाजिक जीवन सफल भएको बताउँदै उनी भन्छन्,
‘मेरो १० वर्ष लामो घरायसी समस्याको मसिनो गरी लेखाजोखा गरिदिनु अनुरोध गर्दछु ।गिरीले अगाडि भने, ‘मेरो निजी जीवनको पाटोमा सफल नदेखिए पनि सामाजिक पाटोमा सधैं समर्पित छु ।
मुलुकी अपराध संहिता दफा १७५ को उपदफा ४ अनुसार बहुविवाहको कसुर गर्नेलाई एक वर्षदेखि ५ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।तर, सोही दफाको उपदफा ३ मा भनिएको छ, ‘पति पत्नीले कानुन बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुन, विवाह गर्न सक्ने छ ।