surkhet

ज्ञान बहादुर शाहीलाई प्रहरी हिरासतमै राखेर सिभिल एभियसन मुद्दा चलाउने तयारि, मतियार हुनेलाई यस्तो छ सजाय ,

surkhet

भदौ ३० , काठमान्डौ – ज्ञान बाहादुर शाहीलाई प्रहरीले हिरासतमा राखी मुद्दा चलाउने तयारि गरेको छ ।हिजो शाहीले शनिबार भएको घटनाबारे जानकारी दिने भन्दै आइतबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए ।प्रहरीका अनुसार शाहीले गरेको सम्मेलनमा जनता भन्दा बढी युटुबरको सहाभागी थियो ।

शाही आफैले पत्रकार सम्मेलनमा प्रश्नकर्ताको जवाफ दिन नसक्दा उनीमाथि हातपात भएको थियो ।प्रहरीले उनलाई सुरक्षा दिएर राख्दापनि उनले प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए।

उनले शनिवार साँझ नेपालगन्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई हिरासतमा लिएको जानकारी गरेको छ ।

Dailekh

ललितपुर परिसरको मुद्दा शाखाका डिएसपी सन्तोष तामाङका अनुसार प्रहरी टोलिमाथि पनि अभद्र गरेपछि उनलाई जरुरी पक्राउ पुर्जी दिएर हिरासतमा लिइएको हो ।

Gorkha

पक्राउ परेका शाहीमाथि गैरसैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५ को ९ (क) १ को घ बमोजिमको कसुर गरेको भन्दै अर्को छुट्टै मुद्दा समेत लगाउने तयारी प्रहरीले गरेको छ।

उक्त दफा बमोजिमको ‘अपराध गर्नेलाई जन्म कैद र त्यस्तो अपराध गर्न उद्योग गर्ने वा मतियार हुनेलाई पन्ध्रदेखि बीस वर्षसम्म कैद’ हुने कानुनी ब्यबस्था छ।

शाही लगायतको समूहले मन्त्री भट्टराईमाथि नेपालगञ्जबाट काठमाडौं आउने क्रममा सुनियोजित ढंगले विमानभित्रै दुर्व्यवहार गरेका थिए ।

शाही आफैले सामाजिक संजालमा आज नेपालगंज विमानस्थलमा पर्यटन मन्त्रि भट्टराईलाई रामधुलाई गरियो ,यो त दुर्व्यवहार होइन दुर्व्यवहार भनेको त कालो मोसो दल्ने हो ।, त चोर ,मोजमस्तीमा गको हो तेरो बाउको जहाज हो जस्ता शब्द प्रयोग गरेको थियो ।

salyan