suekhet
bheriad

एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक ,

lekabesi

असोज ६ ,काठमान्डौ – त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेका छन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले असोज ३ र काठमाडौं विश्वविद्यालयले असोज ४ मा परीक्षा लिएका थिए ।

जसमा त्रिविअन्तर्गतका कलेजमा ४ हजार २ सय ६९ र काठमाडौं विश्वविद्यालयअन्तर्गत ४ हजार ४ सय ८७ विद्यार्थी उत्तीर्ण भएका छन् । दुवै विश्वविद्यालयको न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० थियो ।

सोमबार साँझ प्रकाशित नतिजाअनुसार त्रिभुवन विश्वविद्यालयतर्फ नवलपरासीका महम्मद नवाज अन्सारी र कैलालीका विशाल मण्डलले सबभन्दा बढी (सर्वोत्कृष्ट) अंक ९५ ल्याएका छन् ।

काठमाडौं विश्वविद्यालयतर्फ विशाल मण्डलले ९० र देवनारायण साहले ८८ अंक ल्याएका छन् । चिकित्सा शिक्षातर्फ एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करिब १९ हजार विद्यार्थी सहभागी थिए ।

त्यसमा ८ हजार ७ सय ५६ जना उत्तीर्ण भएका छन् । यी दुवै विश्वविद्यालयका २२ कलेजमा एमबीबीएस तहको अध्ययन हुने गर्दछ ।