मानव जिबनमा बिमा यसकारण महत्वपुर्ण छ ,

Naumule

मङ्सिर ६ ,काठमान्डौ – समय एकैनाशले चल्दैन् । आज जे छ त्यो भोलि पनि रहन्छ भन्ने एकिन गर्न सकिदैन् । भविष्यमा के हुन्छ ? कसले पो देखेको हुन्छ र ? जीवनमा कत्ति बेला के–के जोखिम आईपर्ने हुन् कसलाई के थाहा ?

भविष्यमा जोखिमले ‘म आए है’ भन्दै पक्कै पनि आउँदैन् । त्यसैले आजै र समय छउञ्जेल र गर्न सकुञ्जेल हामीले भोलिका लागि सोच्नैपर्ने हुन्छ ।

भविष्यमा हुन सक्ने जोखिमको भार आफूले नबोकी बीमा कम्पनीहरुलाई किन नबोकाउने ? जीवन बीमाले हानी होइन, जीवनलाई अघि बढाउन मद्दत गर्दछ ।

बीमा जोखिम हस्तान्तरण गर्ने मुख्य उपाय हो । अझ त्यसमा पनि आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी बीमा हो । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति तथा कम्पनी) बीच सम्झौता हुन्छ ।

भविष्यको सुरक्षाका लागि जीवन बीमाको आवश्यक छ । आज तपाई हामीले गरेको बीमाले भोली तपाई हाम्रो परिवार सुखमय रहन मद्दत पुग्छ ।बीमा नगर्दा पनि हुन्छ तर जीवन बीमा गरे यी तथ्य भने सबैले बुझ्न जरुरी छ।

१. सर्वोत्तम बचत

साधारण बचत व्यवस्थाअन्तर्गत बचत गरेमा बचत गर्ने व्यक्तिको असामायिक र अचानक मृत्यु भएमा निजका आश्रितहरूले निजले बचत गरेको रकम र त्यसमा हुने ब्याज मात्र पाईन्छ ।

तर, जीवन बीमा छ भने बीमा गर्ने व्यक्तिको मृत्यु जहिलेसुकै भएमा पनि बीमालेख बमोजिमको बीमा रकम र आर्जन भएको बोनस एकमुस्ट पाइनेछ ।

२. अनिवार्य बचत

अन्य योजनाअन्तर्गत बचत गरिने रकम निश्चित अवधिभन्दा अगाडि पनि सजिलैसित झिक्न सकिन्छ । तर, जीवन बीमा योजनाअन्तर्गतको रकम अनिवार्य रूपले बुझाउनुपर्ने हुनाले अनिवार्य बचतको रूपमा रहन्छ । त्यसैले जीवन बीमा गर्दा अनिवार्य बचत गर्ने बानि बस्छ ।

३. करमा छुट

बीमा गरेको व्यक्तिले बीमा शुल्कमा कर छुट पाउँछ । यसले एकातिर कर छुट हुन्छ भने अर्कोतिर बचत पनि भइरहेको हुन्छ । यो पनि बीमा गर्दाको फाइदा नै हो ।

४. आर्थिक सुरक्षाको साधन

Gurvakot

बीमा आर्थिक सुरक्षाको साधन हो । बीमाले व्यक्तिलाई आफ्नो जीवन र सम्पत्तिबारे भविष्यमा हुनसक्ने जोखिमहरूको कारण उब्जिएको समस्याबाट राहत हुने गरी क्षतिपूर्ति दिन्छ । जीवन बीमा गरेको निश्चित अवधिसम्म बीमा गर्ने व्यक्ति जीवित भएमा उसैलाई, नभए आश्रित परिवारलाई बीमा कम्पनीले एकमुष्ट बीमा रकम फिर्ता गर्दछ । बीमा गर्ने व्यक्ति वा परिवारमा भएको घटना वा जोखिमलाई सुरक्षित क्षतिपूर्ति गरिदिने भएकोले बीमा लाभदायक छ ।

५. शिक्षा, दिक्षा र विवाहको व्यवस्था

आफ्ना छोराछोरीलाई शिक्षादिक्षाको व्यवस्था गराउनका साथै विवाहको प्रवन्ध मिलाउनको निम्ति ठूलो खर्च आईलाग्ने भएकोले बाबु–आमालाई यसको बोझ हल्का गराउन बीमामा संरक्षित रकमको अनुपातमा कर्जाको व्यवस्था हुन्छ । छोराछोरीको उच्च शिक्षा अथवा विदेश गएर पढ्न चाहानालाई यसले ठूलो सहयोग गर्छ । अथवा विवाह– ब्रतबन्ध, कुनै सांस्कृतिक कार्यक्रम गर्नका लागि पनि यसले ठूलो मद्दत गर्छ ।

६. ऋणको भारबाट मुक्ति

कुनै व्यवसाय वा काम पर्दा मानिसले सरसापट वा ऋण लिन्छ । व्यक्तिले बैंक, वित्तीय संस्था वा व्यक्तिबाट ऋण लिने गर्दछन् । लिएको ऋण चुक्ता नहुँदै उसको परिवारका सदस्यलाई समस्या उत्पन्न हुन पुग्छ । यदि उसले आफुले लिएको ऋणको बीमा गर्यो भने कम्पनीले ऋणको जोखिम बहन गर्छ ।

८. भविष्यको योजना निर्माण गर्न

जीवन बीमाले भविष्यको योजना तर्जुमा गर्न मद्दत गर्दछ । जीवन बीमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।

९. व्यक्ति स्वयम्को लागि

मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बीमाले महत्वपूर्ण सहयोग पुर्याउँछ ।

१०. बुढेसकालको साहारा

जीवन बीमाले बुढेसकालमा साहारा दिन्छ । बुढेसकालमा केही काम गर्न नसक्दा बीमाबाट आउने रकमले धेरै भर दिन्छ । कसैले साहारा नदिए पनि बीमावापत पाएको रकमले आफ्नो दैनिकि चलाउन सकिन्छ ।

कृष्ण हमाल,

रिलायन्स लाईफ ईन्सुरेन्स ,नेपालगंज शाखा प्रमुख

सम्पर्क न .9801237014,

Bangad kupinde