suekhet
bheriad

बंगलादेशलाई पराजित गर्दै फाइनलमा पुग्यो नेपाल ,

lekabesi

मङ्सिर २२ ,काठमान्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १-० गोलले पराजित गरेको हो । ११ औं मिनेटमा नेपालका सुनिल बलले गरेको गोल नै आजको खेलको निर्णायक गोल बनेको हो ।

अबको फाईनल खेल भने भुटान र नेपालको हुने छ ,फाइनल खेल्ने भुटानलाई नेपालले यसअघि नै ४-० गोलले पराजित गरेको थियो भने श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो ।

त्यसैगरी माल्दिभ्सलाई आइतबार २-१ गोलले पराजित गरेको थियो । नेपाल र भुटानको खेल २४ गते दशरथ रंगशालामा हुने छ ,।