suekhet
bheriad

दिपक गिरि अब फेरी नयाँ नायिका संग रमाईलो गर्ने दाउमा ,

lekabesi

चलचित्र छक्का पन्जा ४ को घोषणा गरिएको छ ,छक्का पन्जा ३ पछि छ माया छपक्कै निर्माण गरेका दिपक राज गिरि र उनको टिमले ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने जानकारी गरेको छ ।

तर यो सिरिज नभई छक्का पन्जा ३ को कथा जहाँ सकिएको थियो, त्यहीबाट सिक्वेल बन्दै ‘छक्का पन्जा ४’को कथा सुरु हुने नायक ,निर्माता दिपक राज गिरिले बताए ।

छक्का पन्जा ४ वि.सं २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्नेगरि निर्माण कार्य अगाडी बढिरहेको चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले बताए ,।

उनका अनुसार यो चलचित्रलाई पनि दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन् ।चलचित्र छक्का पन्जा ४ को कथा लेख्ने काम सुरु भईरहेको दिपकले बताए ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपालको अभिनय रहने पक्का छ । चलचित्रको लागि नायिका फाईनलमा छलफलमा रहेको पनि उनले बताए ।

नेपाली चलचित्रको इतिहासमै सर्वाधिक ग्रस कलेक्शन गर्ने चलचित्रको रेकर्ड ‘छक्का पन्जा’का ३ वटा सिरिजले राखेको छ ।

चलचित्र छक्का पन्जा ४ लाई काठमाण्डौमा जीजीए ग्रुप र रीच इन्टरटेन्मेन्टले वितरण गर्ने बताईएको छ ।