क्रान्तिकारी माओवादी नेता सिपि गजुरेललाई नियन्त्रणमा लिएर छोडियो ,
पुस १३ ,काठमान्डौ – प्रहरीले क्रान्तिकारी माओवादी नेता सिपि गजुरेललाई नियन्त्रणमा लिएर छाडेको छ ।उनि संगै १५ जना पक्राउ परेपछि प्रहरीले साझनै छाडेको छ ।
, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सीमा अतिक्रणका विषयमा ज्ञापनपत्र बुझाउन भन्दै गजुरेलसहितका नेताहरु सिंहदरबार प्रवेश गर्न खोजेका थिए ।
उनीहरुले मन्त्रि पोख्रेललाई भेट्ने समय लिएका पनि थिए तर गजुरेल सहित ४० /५० जनाको समूह आएको र उक्त समूह सिंहदरबार भित्र पस्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
,समुहलाई प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि ढुंगा मुढा गरिएपछि उनीहरुबाट १५ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए ।
पोखरेलले भने, ‘घाइते प्रहरी निरीक्षक वेद पौडेल र असई मानबहादुर तामाङको उपचार भइरहेको छ । प्रहरीको दुई थान मोबाइल पनि हराएको छ ।
’प्रहरीले गजुरेल सहित पक्राउ परेका १५ जनालाई प्रदर्शनमार्गस्थित पुलिस क्लबमा राखेर साँझपख छाडेको छ ।