मानवता हरायो फलामको रडले घोचेर खोलामा सुताइयो अनि टिपरले किचियो दिलिप हत्या प्रकरण ,

Naumule

पुष २६ ,जनकपुरधाम – गैर कानुनि हिसाबले नदि उत्खन भईरहेको बेला दिलिप कुमार महतोले विरोध गरे उनी दिलिपलाई क्रसर उद्योगीहरुले फलामको रडले घोचेर घाइते बनाई उनको शरीरमाथि टिपर चलाएर ज्यान लिए ।

साचिकै मान्छेमा मनता हराउदै गयो धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका २४ वर्षीय दिलिप महतोको शुक्रबार बिहान ४ बजे झिसमिसेमै टिपर चलाएर हत्या गरिएको थियो ।

मृतु प्रकरणमा प्रहरीले अनुसन्धान गर्दा दिलिपलाई पहिला फलामको लिभरले उनीमाथि प्रहार गरी घाइते बनाएर उनीमाथि टिपर चलाएको बाहिर खुल्न आएको छ ।

धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतका अनुसार खोलामा टिपरले बालुवा गिट्टी चोरी गरी लगिरहेको थाहा पाएपछि ओमप्रकाश भनिने दिलिप टिपर समात्न गएका थिए ।

Gurvakot

त्यही क्रममा क्रसर उद्योगी सोही ठाउँका २७ वर्षीय विपिन महतो, महोत्तरीको बर्दिवास नगरपालिका ९ बस्ने ना.७ ख ६४१३ नम्बरका टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतो, बर्दिवासकै वडा नम्बर २ निवासी लोडर चालक २४ वर्षीय जितेन्द्र कुमार महतो र धनुषाको मिथिला नगरपालिका ५ बस्ने २७ वर्षीय रोशन यादवले उनको हत्या गरेको प्रहरी प्रमुख बस्नेतले बताए ।

हत्यामा संलग्न चारै जनालाई प्रहरीले पक्राउ गरि पत्रकार सम्मेलनमा सार्वजानिक गरेको छ । अवैध रुपमा खोला तथा नदीमा क्रसर उद्योगीले गर्दै आएको दोहनको दिलीपले विरोध गर्दै आएका थिए ।

क्रसर उद्योगी विपिन महतोले तीन दिनअघि दिलिपलाई हत्या गर्ने धम्की दिएका थिए । उक्त धामको स्थानीय संगै घर परिवारले समेत सुनेका थिए ।

,नभन्दै धम्कि आएको तिन दिनपछि दिलिपको हत्या भयो र परिवारले प्रहरीमा अजाहेरी दियो ।,जाहेरो आधारमा प्रहरीले क्रसर उद्योगी विपिनलाई शनिबार बिहान उनको ससुराली गाउँबाट पक्राउ गर्यो ।

ज्यानमारा हरुलाई कदापी उन्मुक्ति नदिने भन्दै प्रहरीले मृतकका परिवारमाथि प्रतिवदता गर्यो र दिलिप शव पोस्टमार्पन गरि परिवारलाई बुझायो ।,घटनास्थल इलाका प्रहरी कार्यालय ढल्केबरको क्षेत्र भए पनि यो मुद्दा जिल्लाले हेरेको छ ।

Bangad kupinde