
भिम रावललाई वालुवाटारबाट ज्यानलिने धम्कि आएको झुठो हो कि सत्य यो पढ्नुहोस ,
पुष २८ ,काठमान्डौ -सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भिम रावलले आफुलाई वालुवाटारमा बस्ने मान्छेबाट ज्यानलिने धम्कि आएको बताएका छन्।
,एमसिसिको विरोध गर्दा आफुलाई वालुवाटारबाट ज्यानलिने धम्कि आएको सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा जीवनराम भण्डारीसँग कुरा गर्दै बताएका हुन् ।
एमसिसी सम्झौताको विरोध गर्दा र राष्ट्र हितको कुरा उठाउँदा बेलायती युवाराज्ञी लेडी डायनाको जस्तो हालत हुने धम्की आएको रावलले बताए।
बालुवाटारबाट ज्यान मार्ने धम्की आएको बताएपछि उनलाई कसले यस्तो धम्की दियो त भन्ने कुरामा विभिन्न अडकलबाजी गरिएको छ।
रावल पुर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री हुन् ।नेपाल कम्युनिष्ट पार्टीका एक मात्र नेता भिम रावल प्रस्ट वक्ता जनताको सामु चिनिन्छन।
,उनले केहि हप्ता अगाडीबाट एमसीसी नेपालि जनता र देशको हीत विपरित रहेको भन्दै विरोध गर्दै आएका छन्।
रावलले उल्लेख गरेको लेडी डायनाको प्रसंग र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केहीदिन अघि लेखेको फेसबुक स्टाटस हेर्दा यो प्रकरणको तस्बिर केही हदसम्म प्रष्ट देखिन्छ।
रावलले भनेका छन्-… मैले यो कुरा गर्दा तपाईंले अघि अलिकति छुनु भएको थियो। मलाई मेरो ज्यानको समेत धम्की दिइएको छ। बालुवाटारमा बस्ने व्यक्तिबाट।
लेडी डायनाले जसरी ज्यान गुमाउनु पर्यो तिमीले पनि ज्यान गुमाउला भनेर बालुवाटारसँग सम्बद्ध व्यक्तिबाट मलाई धम्की दिइएको छ।
यो बिडम्बना हो तर त्यस्तो भन्ने व्यक्तिहरूले के कुरा पनि सम्झनुपर्छ भने पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिष्ट आन्दोलन र देशभक्तिपूर्ण आवाजहरू हराएर गएनन् भन्ने कुरा स्मरण गर्नुपर्छ।
मदन भण्डारीलाई गाडी दुर्घटनाको अनेक नाटक मञ्चन गरेर दासढुंगामा हत्या गरेर मदन भण्डारीका देशभक्त पूर्ण आवाज नेपाली धर्तीबाट मेटिएका छैनन् भन्ने कुरा मलाई जीवनको धम्की दिनेहरूले राम्ररी स्मरण गर्नुपर्छ।
म त्यसबारे डराउन्न। म प्रत्येक व्यक्तिलाई के कुराको पनि स्मरण गराउन चाहन्छु भने यो धर्तीमा कोही व्यक्ति पनि अजर अमर छैन भन्ने कुराको पनि प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ।
यहाँ खोलिने राजनीतिक दल, हामी राजनीतिक दलका सदस्य, प्रतिनिधि सभाका सदस्यहरू माध्यममात्र हौं। नेपाल जो हाम्री आमाभन्दा पनि ठूली छन्। ठूली ठान्छौं हामी योमात्रै धेरै लामो कालसम्म अस्तित्वमा रहन सक्छ।
हुन त पृथ्वीको अस्तित्व पनि कुनै निश्चित छैन। यो पनि हामीलाई थाहा छ, यो ब्रम्हाण्डमा पनि परिवर्तन भइरहन्छ त्यो पनि हामीलाई थाहा छ ।
हामीले बुझेका छौं तर आजको विश्व कार्ल मार्क्सले भनेजस्तो देशका सीमाना मेटाऔं अब भन्नेजस्तो अवस्थामा पुगिसकेको छैन।
त्यो नपुगिसकेको र अमेरिकाले म अमेरिका फर्स्ट, मेरो अमेरिका महान् भन्ने भारतका प्रधानमन्त्रीले मेरो भारत महान् भन्ने, ।
चीनका राष्ट्रपतिले मेरो चीन महान् भन्ने आफ्नो देशको हितअनुकूल काम गर्ने अनि हामी नेपालीले राष्ट्रको हितको कुरा गर्दा, देशको स्वाधिनताको कुरा गर्दा अखण्डताको कुरा गर्दा नझुकौं, नलत्रियौं,।
हामी उभिएर देशको स्वार्थको कुरा गरौं भन्दा भीम रावलले पापाराजीको, लेडी डायनाकोजस्तो अवस्थामा पुग्ने भनेर बालुवाटारमा बस्ने मान्छेले भन्दा प्रत्येक देशभक्त व्यक्तिहरूको मन रोएको हुनुपर्छ।
तर म रोएको छैन म दृढ छु त्यसमा यी कुराहरू भनेका कस्ता हुन् भने यस्तै कुराले देश कमजोर हुन्छ कतिपय देशको अस्तित्व गुमेको हामीले देखेका छौं।
मैले के ठानेको थिएँ भने यसको पक्षमा आवाज उठाउँदा धन्यवाद दिनुपर्ने भन्ने ठानेको थिएँ। उल्टो ज्यानको पो धम्की आएछ।म त्यस्तो ज्यानको धम्की दिनेहरू निरंकुश व्यवस्थामा पनि थिए।
होला मानिसको भौतक शरिर जान पनि सक्छ तर त्यो भन्ने व्यक्तिहरूले के कुरा हेक्का राख्नुपर्छ भने मान्छेका विचारहरू खासगरी राष्ट्र र जनताको मतमा अभिव्यक्त विचारहरू कसैको धम्की र कसैको निरंकुश व्यवहारबाट मेटिदैँनन्।
हराएर पनि जाँदैनन्। यो कुरा प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ। यो एउटा प्रमाणित कुरा हो।
रावलले उक्त अन्तर्वार्तामा उल्लेख गरेको लेडी डायनाको प्रसंग केही दिनअघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुक स्टाटसमा भेटिन्छ।
मंसिर र पुसमा गरी एक साता बसेको नेकपा स्थायी कमिटीको बैठकका बेला रावल र थापाको विवादको श्रृंखला सुरू भएको थियो।
स्थायी कमिटी बैठकका निर्णय प्रवक्ता भन्नुपर्नेमा रावलले सार्वजनिक गरेको भन्दै थापाले आपत्ती जनाएका थिए।
विवाद बढ्दै जाँदा रावलले आफू जेलमा हुँदा सूर्य थापा भर्खरको बच्चा भएको प्रसंग सामाजिक सञ्जालमा लेखेका थिए।
यो शिलशिला जारी थियो।
पुस १४ गते राति ९: ४० बजे रावलका दुई कविताको फोटो राख्दै स्टाटस लेखेका थिए।
उनको स्टाटस यस्तो थियो:
कमरेड,
‘राष्ट्रवाद’को बहसमा बुझेर नै उत्रिनुभएको हो त?
पार्टीले तपाईंका कविताबमोजिम चलिदिनुपर्ने कि कसो हो? यी दुई कविताको ‘पुरानो’ र ‘नयाँ कवि’ तपाईं नै हो भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुबै कविता प्रस्तुतसम्म गरिएको जानकारी अनुरोध छ।
म पूरानो लिम्पियाधुरा लेख्ने कविको हिमायती हुँ। तर स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएको कविता भने तथ्यको भ्रष्टीकरण, भ्रमको पुलिन्दा र आत्मनिन्दा एवं भत्सर्नाको मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही होइन र हुन पनि सक्दैन। तपाईंका यताका अन्तर्वार्ता, प्रस्तुति र यावत पक्षले क्रमश: पापराजीको फन्दामा उहिले डायना परेजस्तो/वा आज तपाईं परिरहेको अनुभव भइरहेको छ। यो नबुझेर वा नजानेर त पक्कै गर्नुभएको होइन होला? एक्लो ‘बृहस्पति’ बन्न नखोज्नु नै हितकर हुन्छ होला!
तपाइको आजको बोली, धारणा र अभिव्यक्ति नेकपाको संस्थागत निर्णय, धारणा र निर्देशन कदापि होइन र मान्न सकिँदैन। कमसेकम आफूले टेकेको धर्ती र आफ्नो टाउकोले खामेको आकाशमात्रै थाम्न खोज्नु उचित होला कि! विषयको संवेदनशीलता र गम्भीरता बिर्सेर फर्किने ठाउँ नै नराखी आफू अनुकूल अपव्याख्या गरेर बहकिनु उचित होइन। आगे कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्दि!
रावललाई आएको धम्कि फोनबाट हो वा मेसेज वा पोस्ट भन्ने बारे भने नेता भिम रावलले जानकारी गरेका छैनन्। र प्रहरी समू उजुरी पनि दिएका छैनन् ।
,प्रधानमन्त्री ओलीका सल्लाहकार सुर्य थापाका अनुसार भने भिम रावलले मन्त्रि हुन् नपाउदा पोखेको आक्रोस हो भनेर उनले प्रतिक्रिया दिएका छन् ।
,उनले रंग दर्पण संग भने मैले त उँहाको कविताको जवाफ दिएको हु ।तेहीलाई ज्यान मार्ने धम्कि भन्नु भएछ ।
गृह र रक्षा मन्त्री भइसकेको व्यक्ति जसले कार्यविधि मिचेर अगाडि-पछाडि सुरक्षाकर्मी लिएर हिँडिरहेको छ।
त्यस्तो व्यक्तिलाई कसले धम्की दिन्छ होला,’ थापाले भने,‘बालुवाटारबाट कसैले धम्की दिएको छैन। धम्की दिनु पनि हुँदैन। यो सबै मन्त्री नपाएको रिस पोख्नुभएको हो।