पल शाह र वर्षा रावतको अभिनयमा”पहाडी बठिनिया”गितको म्युजिक भिडियो सार्वजनिक,
पुष २९ काठमाडौं – माघी पर्वको शुभकामना सहित एस थ्री के इन्टरटेनमेन्टको प्रस्तुति तथा एस थ्री के इन्टरटेनमेन्टको सहयोगमा निर्माण भएको पहाडी बठिनिया म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
केही समयदेखि लगातार सुपरहिट नेपाली म्युजिक भिडियोहरुमा अभिनय गरेर व्यापक चर्चामा रहेका नायक पल शाह र नायिका वर्षा रावतले सार्वजनिक भएको थारु गीत”पहाडी बठिनिया”मा अभिनय गरेका छन् । गितमा गायक नरेश जोगी र गायिका कामना प्रसाईको स्वर रहेको छ ।
नरेश जोगि कै शब्द र संगीत रहेको यो गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् । अर्जुन तिवारीले खिचेको गीतको म्युजिक भिडियो सम्पादन भने मिलन बिकले गरेका छन ।
थारु गीतमा पल र वर्षाको जोडी देख्दा दर्शकले नयाँ स्वाद महसुस गर्नेछन गायक जोगीले भने । एक पहाडी युवती र तराईको थारु केटा बीचको माया प्रेम यस भिडियोमा देखाउन खोजिएको कुरा समेत गायक जोगीले बताएका छन् ।
एस थ्री के इन्टरटेनमेन्टको अफिसियल युटुब मार्फत यो भिडियो आज सार्बजनिक भएको छ । हेर्नुहोस भिडियो