दुर्गा प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालतको आदेश ,

माघ २ ,काठमान्डौ – बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । तर प्रसाईं भने फरार छन् ।

मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।

प्रसाईंले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घूस मागेको दाबी गरेका थिए।

lekbesi

प्रसाईंले डा. गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका थिए।

प्रशासनको अनुमतिलगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेपनि उनी भने नभेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले झापास्थित प्रसाईंको घरमा पनि खोजी गरेको छ । त्यहाँ पनि उनी भेटिएनन् ।

बुधबार साँझबाटै उनको मोबाइल पनि स्वीच अफ रहेको स्रोतले बतायो ।