surkhet

धनगढी प्रिमियर लिग डीपीएलका सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता ,,

surkhet

११ चैत, काठमाडौं = यहि चैत १७ गतेदेखि धनगढीमा हुने गैरहेको धनगढी प्रिमियर लिग (डीपीएल-२) क्रिकेट प्रतियोागिताको सर्वोत्कृष्ट खेलाडीले सुनको जुत्ता पाउने भएको छ । डीपीएलको प्लेयर अफ दि सिरिजलाई भने मोटरसाइकल उपहार दिने यसअघि नै घोषणा भइसकेको छ ।

Gorkha

आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको जानकारी दिए ।आयोजकले गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चरर्ससँग प्रायोजन सम्झौता गरेपछि उसले सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको हो । डीपीएलको सर्वोत्कृष्ट खेलाडी प्राविधिक समितिले चयन गर्ने बताएको छ

आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको सम्झौता अनुसार डीपीएलमा प्रायोजन गरेवापत गोल्ड स्टार जुत्ताले १६ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।गोल्डस्टारले ९ लाख रुपैयाँ नगद र बाँकी अन्य सहयोग गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिएका छन् ।

salyan