सप्तकोशी नदीमा नेपाली ध्वजावाहक ‘पानी जहाज’ चल्दै

११ चैत, इटहरी – सप्तकोशी नदीमा रास्ट्रीय ध्वजा बाहक पानि जाहाज चल्न सुरु भयपछि अब पूर्वको इटहरीबाट भोजपुर सदरमुकाम अब साढे ४ घण्टामै पुग्न सकिने भएको छ । यो भन्दा पहिले इटहरी बाट भोजपुर सदरमुकाम पुग्न ९ घण्टा समय लाग्ने गरेको थियो
बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लि.ले सुनसरीको बराहक्षेत्र-१ मा रहेको चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालनमा ल्याउन लागेको छ । त्यति मात्र हैन अब यो हजाज संचालनबाट धनकुटाको सिम्ले क्षेत्रका स्थानीयहरू पनि अब २ घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी आउन सक्ने भएका छन् । आज सम्म सिम्ले बाट धनकुटा सदरमुकाम भेडेटार हुदै आउँदा ७ घण्टा लाग्ने गर्दथ्यो
कम्पनीका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठका अनुसार यो परियोजना पर्यटन र पारवाहन दुवै कोणमा सञ्चालन गरिएको हो ।
सप्तकोशी नदिहुँदै जल यातायात गर्न बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लिले नयाँ वर्ष २०७५ बाट व्यावसायिक रूपमा ३० सिटे जेट बोट सञ्चालनमा ल्याउने भएको छ ।


तीन करोड प्रारम्भिक लगानीको यो पर्यटकीय परियोजनाले सप्तकोशी किनारमा रिसोर्ट सञ्चालन गर्न, तमोर तथा सुनकोशीमा रयाफ टिंग गर्न थप २ करोड लगानी थप्ने कार्ययोजनामा रहेको छ ।अाइतबार बराहक्षेत्रका मेयर निलम बस्नेत र उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गा थापाले आइतबार जेट बोट चढेर यसको परीक्षण सञ्चालन गरेका हुन ।
बराहक्षेत्र जल यातायात तथा पर्यटन प्राली अगाडि सुम्निमा जल यातायात प्रालीले पनि सप्तकोशीमा जेट बोट चलाएको थियो । तर, एक दुर्घटनामा एक जना बेपत्ता भएपछि भने त्यो सेवा बन्द भयो ।यता, बराहक्षेत्र जल यातायातले भने आफूहरूले यात्रुलाई लाइफ ज्याकेट र अनिवार्य बीमा गरेको र बोटको पनि बीमा गरेकाले दुर्घटनाको सङ्कट नभएको बताएको छ ।
सडकमार्गमा जस्तै जलमार्गमा पनि छिटपुट केही दुर्घटना हुनु सामान्य भए पनि सेवा नै बन्द हुने अवस्था भने आˆनो कम्पनीले नल्याउने अध्यक्ष सन्तोष भण्डारीले बताए ।
