surkhet

एमाले माओवादीको एकता भनेको प्रचण्डको आत्महत्या ,,

surkhet

नेपालगन्ज -नेपालगन्जको एक कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी ‘दूध’ हो अरु पार्टी भनेका पानि हुन् ‘पानी’ बराबरका पुराना पार्टीसँग आफ्नो पार्टी कदापि एक हुन नसक्ने संज्ञा दियका छन् ।

उनले सोमबार नेपालगन्ज सम्पन्न नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षणात्मक लुम्बिनी बैठकको भाव सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै ‘हामी दूध हौं, अरु पानी हुन् अरुमा मिसिन जाने भनेको पानीमा दूध मिसाउनु जस्तै हो,तेसो गर्नु कुनै अर्थ नहुने बाबुरामले बताय ।

बरु अलिकति दूधको मात्रा बढाएर, केही थोरै मात्रामा सफा पानी दूधमा थप्न सकिन्छ । तर, पानीमा मिसिन जान सकिँदैन ।’ संयोजक भट्टराईले प्रदेश ५ को सिमांकन चित्तबुझ्दो नभएको बताए । उनले भने,‘ प्रदेश ५ को संरचना उँटको जस्तो बनेको छ , यो लामो समय यथास्वरुपमा रहनेमा मलाई आशंका छ ।’

Dailekh
Gorkha

उनले नागरिकको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्ने भएकोले पहिचान र सामथ्र्य आधार बनाएर राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदन अनुसार प्रदेशको सीमांकन गरिनु नै वस्तुवादी र वैज्ञानिक भएको ठहर गरे ।

उनले सहभागितामुलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद नै अबको राजनीतिक गन्तव्य भएकोले नयाँ शक्तिले समुन्नत समाजवादसम्मको यात्राका लागि स्पष्ट रुपमा ‘५ स’को भिजन प्रस्तुत गरेको बताए ।

उनले एमाले माओवादी केन्द्रबीचको एकतालाई आत्महत्या’को संज्ञा दिए । ‘एमाले-माओवादीको एकता प्रचण्डको आत्मसमर्पण होइन, आत्महत्या हो’ उनले प्रचण्डले पटकपटक माओवादीमा फर्किन गरेको आग्रहलाई संकेत गर्दै व्यङ्ग्यात्मक रुपमा भने – ‘आत्मा हत्या नै गर्नु छ त आफैं गरे भयो, किन मलाई बोलाइरहनुभएको छ, मैले बुझ्न सकिरहेको छैन ।’

उनले भने,‘नसकेर हो वा मलाई पनिसँग लैजानुपर्छ भनेर हो मलाई बोलाइरहनुभएको छ, खै किन हो मलाई थाहा छैन ।’ उनले राजनीतिलाई नयाँ दिशा दिनकै लागि नयाँ शक्ति पार्टीको जन्म भएको बताए । ‘संसार गतिमा छ, विचार र पार्टी पनि गतिमा हुन्छ, त्यसैले क्रान्ति कहिल्यै पूर्ण हुँदैन । अब हामीले एउटा क्रान्ति गर्नुपर्छ, विकास र समृद्धिको क्रान्ति । ’दुई दिनसम्म चल्ने बैठकमा मंगलबार प्रदेशको छुट्टाछुट्टै बैठक बसी प्रदेश कमिटी गठन गर्नुका साथै जिम्मेवारी बाँडफाँडलगायतका निर्णयहरु गर्नेछ ।

salyan