Gold
Bangad salyan

प्रधानमन्त्रीको नियमित स्वास्थ्य अपडेट प्रत्यारोपण गरेको मृगौलाले काम गर्न थाल्यो ,

Salyan

फागुन २२ ,काठमान्डौ – प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरेको मृगौलाले काम गर्न थालेको बताईएको छ ।

बिहिबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै त्रिवि अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक पनि राम्रो रहेको जानकारी दिए ।

प्रधानमन्त्रीलाई आजदेखि तरल र नरम आहार दिन सुरु गरिएको छ । तेस्तै प्रधानमन्त्री ओलीलाई मृगौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति स्थिर रहेकोको पनि खड्काले बताए ।

तेस्तै प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भुटानका प्रधानमन्त्री, जापानका प्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गरेको प्रधानमन्त्री ओलीका सल्हाकार सुर्य थापाले पत्रकार सम्मेलनमा बताएका हुन् ।

प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य अवस्थाबारे दैनिक अस्पतालले अपडेट गराई राख्ने पनि थापाले बताए।