श्रम स्वीकृति रोकिएको छैन ,

फागुन २२ ,काठमान्डौ – कतारस्थित नेपाली दूतावासले वैदेशिक रोजगारमा आउने नेपाली कामदारको श्रम स्वीकृति नरोकिएको बताएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै दूतावासले नेपालबाट आउन लागेका नेपालीहरुको श्रम स्वीकृति नरोकिएको जनाएको हो ।

जताततै कोरोना संक्रमण बढेपछि रोजगारीक लागि विदेश आउने र जाने कामदारहरुको लागि श्रमस्वीकृति रोकीएको भन्ने खबर फैलीएपछि दुतावासले यस्तो प्रतिक्रिया दिएको हो ।

lekbesi

स्वदेश देखि विदेशबाट दुतावासमा श्रमस्वीकृति बन्द भएको वा नभएको भन्ने बारेमा टेलिफोन मार्फत बुज्नेको संख्या बढी भएपछि विज्ञप्ति जारि गरेको हो ।

यो सम्बन्धमा नेपाल सरकारले कुनै निर्णय नगरेको पनि राजदुतावासले यथासिघ्र सुचनामा जारि गरेको छ ।