एसईई परिक्षा तोकेको समयमानै हुन्छ मन्त्रि पोख्रेल ,

चैत ४ ,काठमान्डौ – एसईई परिक्षा तोकेको समयमानै हुने शिक्षा मन्त्रालयले बताएको छ ।

बिहिबार ६ गते देखि देशैभर हुन गईरहेको एसईई परिक्षाको सम्पूर्ण तयारि पुरा भएको र तोकीएकै समयमानै हुने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गरेका हुन् ।

एसईई परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ ।

‘विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको पोख्रेल बताएका हुन्छ ।

मन्त्रालयले अपिल मार्फत पोख्रेलले भनेका छन् । विद्यार्थीलाई साबुन पानीले हात धुन ,अनावस्यक भिड भाडमा नजान ,अरुसँग हात नमिलाउन समेत शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

तेस्तै कक्षा १ देखि ९ सम्मको परिक्षा भने भोलि ५ गते सकिने पोख्रेलले बताएका छन् । परिक्षा सकीएपनि कोरोना भाईरसको संक्रमणलाई ध्यानमा राख्दै सांस्कृतिक कार्यक्रम, बार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाको नाममा अनावस्यक भिडमा अनजान अपिलमा आग्रह गरिएको छ ।

विश्वमै महामारीको रुपमा फैलीएको कोभिड १९ भने हाल सम्म नेपालमा देखिएको छैन ।नेपालमा यसको संक्रमण नहोस भनि सरकारले विभिनन उपाए अपनाईरहेको छ ।