प्रधानमन्त्रीको विकल्प आजनै टुंगो लाग्छ कसको समर्थक कति ल हेर्नुहोस ,

बैशाख १७ काठमान्डौ – नेकपा भित्रको अन्तरिक चर्का चर्की मिलाउन आज सम्भवत सचिवालय बैठकको माग गरिएको छ ।

अहिले नेकपा भित्र आफ्नो पक्षमा बहुमत सांसद पुर्याउने दौडा दौड चलेको छ । प्रधनमन्त्रीले अध्यादेश लागु र खारेज गरेसंगे पार्टी आसंका र बढ्दो दुरी चलिरहेको छ ।

नेकपा भित्र प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्ड अर्का बरिस्ठ नेता माधव कुमार नेपालले आ -आफ्ना पक्षमा समर्थक सांसद पुर्याउनेमा लागिपरेका छन् ।

प्रधानमन्त्री ओलीले पुर्व एमालेले मात्र नभई पुर्व माओवादीका सांसहरुले पनि आफुलाई समर्थक गर्ने संकेत देखिएपछि आफु बलियो महसुस गरेका छन् ।

ओलीले दाहाल र नेपाल मिलेर आफुलाई सत्ताबाट हटाउने दाउमा रहेको भन्दै आफुले राजिनामा नदिने बताएका छन् ।

नेकपा भित्र १७४ जना सांसद छैन ।संसदीय दलमा बहुमतको लागि ८८ जना सांसदको आवस्यक पर्ने गर्दछ ।

नेकपाको संसदीय दलमा पुर्व एमालेका १२१ र पुर्व माओवादीबाट ५३ जना सांसद छन् ।ओली संग ७८ जना सांसद छन् ओलीअब १० जना सांसदको समर्थकमा छन् ।

पुर्व माओवादीका नेता हाल उधोगमन्त्रि लेखराज भट्ट र गृहमन्त्रि राम बहादुर बादलले ओलीलाई समर्थक गर्ने संकेत ओलीले गरेका छन् ।

यो पछि ओलीले सजिलै १० जना सांसद आफुले पाउने बताएको छलफल्म रहेका एक नेताले बताए ।

झलनाथ खनाल र उपाअध्यक्ष बामदेव गौतम गरि नेपाल समुहमा ४३ सांसद र पुर्व माओवादीका ५३ सांसद गरि आफ्नो पक्षमा ९६ जना सांसद रहेको र ओली पक्षका अझै केहि सांसद तान्न सकिने जसले १ सय भन्दा बढी सांसद आफुसंग रहने प्रचण्ड र नेपाल समुहले बताएको छ ।

अरु विषयमा छलफल नभएपनि हिजो प्रचण्ड र ओलीको भेटपछि आज सचिवालय बैठक बस्ने सम्भावना रहेको छ ।