लकडाउनको समय भोलि सकिदै कति थप्ने आज निर्णय हुने,

वैशाख २४ काठमान्डौ – कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको समय भोलि सकिदै छ ।

लकडाउन केहि खुकुलो बनाउनु पर्छ भन्ने विषयमा भने अझै खुकुलो बनाउन नसकिने प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बताएका थिए ।

तर गृह मन्त्रि राम बहादुर थापा बादलले लकडाउन खुकुलो बनाउने पर्ने बताएका छन् यो संगै ओली र थापाको कुरा बाझीएको देखिन्छ ।

lekbesi

मंगलबार प्रधानमन्त्रीसहित बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिएको थियो ।

समितिले कम्तिमा एक हप्ता लकडाउन थप्न सिफारिस गरेको छ । कति थप्ने भन्ने विषयमा आज ११ बजे पछि बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने छ ।

हाल सम्म नेपालमा ८२ जनामा कोरोना संक्रमण फेला परेको छ ।