वैशाख १५ गते देखि हुने बुद्द जयन्ती समारोहको ९० प्रतिशत काम सकियो ,,
२ वैशाख -प्रतेक वर्ष बुद्ध जयन्ती मनाउँदा लुम्बिनी विकास कोषलाई कि त प्रचण्ड गर्मी वा हावा हुरी को बिचमा मनाउनु पर्ने वाध्यता हुन्थ्यो ,खुला आकाशमुन टेन्ट टांगेर कार्यक्रम गर्दा ठुलो सास्ती भोग्नुपर्थ्यो ।आज भन्दा दुइवर्ष पहिले हावाहुरीले समारोह बिथोलेको थियो ।तर, यो वर्षदेखि यस्तो सास्ती हुने छैन वैसाख १५/१६ मा हुने लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन हुने छ उक्त सम्मेलनमा कुनै पनि पहिलेको जस्तो समस्या आउन नदिन लुम्बिनी विकास कोषमार्फत नेपाली सेनाले निर्माणको जिम्मा पाएको एक महिनामै सभा हल तयार गरेको छ । तीन करोड ९७ लाख लागतमा बनिरहेको सभाहलको ९० प्रतिशत काम पूरा भइसकेको र वैशाख १० गतेभित्रै पुरा हुने कोषका कायम मुकायम सदस्य सचिव ईन्जिनियर सरोज भट्टराईले जानकारी दिए ।
नेपाली सेनाले चैत ५ गतेदेखि सभा हल निर्माणको काम शुरु गरेको थियो । ‘यसपटक पनि प्रधानमन्त्री केपी शर्मा ओली नै प्रमुख अतिथिको रुपमा आउनु हुने भएकाले उहाँले २ वर्षअघि दिनु भएको निर्देशन अनुसार अस्थायी प्रकृतिको भएपनि व्यवस्थित सभा हलमै बुद्ध जयन्ती मनाउँदैछौं’ भट्टराईले भने, ‘अब विगतका वर्षमा जस्तो हावा हुरी र वर्षाले समारोह बिथोलिने अवस्थाबाट मुक्त भयौं, पाहुना र सहभागीलाई पनि सहज हुनेछ ।’
३२ सय मिटर क्षेत्रफलमा बन्दै गरेको सभाहलको भित्ता सिमेन्ट बोर्डको र छाना फल सिलिङसहित जस्ता पाताको छ । भुईदेखि १० मिटर उचाईको हलको भित्री संरचना फलामका पाइपहरु प्रयोग भएका छन् ।५० जना अट्ने स्टेज र तीन हजार कुर्सी अट्ने फ्लोरसहित हल छ । स्टेज र विशिष्ट अतिथि रहने क्षेत्रमा कूलर जडान गरिने र सहभागी/दर्शक दिर्घामा आवश्यकता अनुसार पंखा जडान गरिने छ ।
लुम्बिनी विकास कोषले ध्यान केन्द्र -मेडिटेसन सेन्टर)सहित पाँच हजार जना क्षमताकोस्थायी सभाहल निर्माणका लागि ठेकेदार छनोट गरी टेण्डर स्वीकृत गरिसकेको छ । २४ महिनामा निर्माण पूरा गर्ने सम्झौता भएको स्थायी सभाहलको लागत २८ करोड छ ।स्थायी सभाहलको शिलान्यास बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी भएको कोषले जनाएको छ । स्थायी सभाहल नबन्दा सम्मका लागि अस्थायी सभाहल उपयोगमा आउनेछ ।
उक्त कार्यक्रममा विश्वका २३ मुलुकका प्रतिनिधिले सहभागिता जनाउने लुम्बिनी विकाष कोषले जनाएको छ ।यही वैशाख १५र १६ गते वौद्ध सम्मेलन र १७ गते बुद्ध जयन्ती मूल समारोह हुँदैछ ।