हाल सम्म नेपालमा ४९ जनाले जिते कोरोना ,

जेठ ८ ,काठमान्डौ – हाल सम्म नेपालमा ४९ जनाले जिते कोरोना जितेका छन्।

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट स्वास्थ्य लाभ गरी बुधवार ४ जना डिस्चार्ज भएसँगै नेपालमा स्वास्थ्योपचार पछि निको भएकाहरुको जम्मा संख्या ४९ पुगेको हो ।

कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मन्त्रालको नियमित मिडिया ब्रिफिङमा बताएका हुन्।

lekbesi

आज निको हुनेमा ३२ र २५ वर्षीया महिला तथा ३७ र २७ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा ४५३ जनालाई कोरोना पुस्टि भएको छ भने ३ जनाको मृतु भईसकेको छ। आज मात्र नेपालमा २६ जनामा कोरोना पुस्टि भएको हो।