बाँकेमा थप १४ जना संक्रमित थपिए ,

जेठ ९ ,काठमान्डौ – बाँकेमा थप १४ जना कोरोन संक्रमित थपिएका छन्।

यी मध्ये बाँकेको नरैनापुरका १३ जना १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु रहेको र १८ वर्षीय पुरुष राप्ती सोनारीका रहेको मन्त्रालयले नियमत ब्रिफिङमा बताएको छ ।

तेस्तै बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

संक्रमितको विवरण मन्त्रालयले नियमित ब्रिफिङमा दिईसकेको छ यी सबै आजको २० जना संक्रमित मध्येका हुन्।

नेपालमा आज बिहानमात्र ३० जना संक्रमित फेला परेका थिए। तेसैगरी डडेलधुरा र बैतडीमा पहिलोपटक संक्रमण देखिएको हो । हाल सम्म नेपालमा संक्रमितको संख्या ५०७ पुगेको छ।