रुकुम पश्चिम घटना सत्य पत्ता लगाई दोषीलाई कारबाहीको माग गर्दछु जनार्दन शर्मा ,

जेठ १५ ,काठमान्डौ – नेकपा नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुम पश्चिमको चौरजहारी सोतीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

आफु त्यस क्षेत्रको निर्वाचित सांसद समेत रहेकाले त्यहाँको सम्पूर्ण विवरण राख्दै गर्दा संसदमा केहि सांसदले हो हल्लागरि भनाई अवरोध गरेको पनि बताएका छन्।

घटनाको बारेमा आफुले सत्य तथ्य सार्वजनिकहोस् भने छानबिनको माग गरेकोलाई बंग्याउने प्रयत्न भएको पनि बताएका छन् ।

मैले संसदमा त्यहाँको सम्पूर्ण विवरणसहित सभामुखसँग समयमागी बोल्न लाग्दा केही सांसदहरुले होहल्ला गरी मलाई बोल्न नदिने काम भयो ।

मैले मेरा सम्पूर्ण भनाइ राख्नबाट बन्चित भएँ’, उनले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ ।

सबैमा आग्रह गर्न चाहन्छु कि घटनाको सत्य तथ्य सार्वजनिक होस् भनि छानबिनको माग गरेको तथ्यलाई बंग्याउने काम भएको छ ।

उनले आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो उद्देश्य नै उत्पीडित वर्गका पक्षमा खडा हुने भएको स्पष्ट पार्दै उनले अपराधीलाई कारबाहीको साथै राज्य पूर्ण उत्तरदायी भएर जानुपर्नेमा जोड दिएका छन् ।