सामाजिक सुरक्षा भत्ता यथावत ,

जेठ १५ ,काठमान्डौ – सरकारले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता यथावत् राखेको छ।
वृद्ध, सीमान्तकृत, एकल महिला, विकलांगका लागि सरकारले मासिक ३ हजार सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको ।

यस्तो सामाजिक सुरक्षाका लागि अर्थमन्त्रीले बजेटमा ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन् ।तेस्तै ७० वर्ष माथिका नागरिकका लागि १ लाख रुपैयाँको निःशुल्क बिमा कार्यक्रमबाट तीन लाख जना लाभान्वित भएको भन्दै आगामी वर्षमा थप तीन लाखलाई लाभ पुर्याइने बताए ।

त्यस्तै, आगामी वर्ष ४ लाख परिवारलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमले समेट्ने अर्थमन्त्रीले घोषणा गरेका छन् ।
