surkhet

नेपाल चीन सीमाक्षेत्र कालापानीमा सशस्त्रको गस्ती,

surkhet

असार ९ , दार्चुला – नेपाल चीन सिमाक्षेत्रको १ नम्बर पिलरसम्म सशस्त्र प्रहरीले गस्ती बढाएको छ।

दार्चुला व्यास गाउँपालिका,१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमले गस्ती गरेको छ।

गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा सिमा सुरक्षाको लागि सशस्त्र प्रहरीको २५ जनाको टोली रहेको छ ।

Dailekh
Gorkha

टोलि एक महिनापछि पहिलोपटक पिलरसम्म गस्ती बढाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाका प्रहरी नायब उपरीक्षक दीपक विष्टले जानकारी दिए ।

सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको टोलीले १ नम्बर पिलरसम्म गस्ती गरेको हो ।

असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले समेत व्यासको छाङ्गरु बीओपीको निरीक्षण भ्रमण गरेका थिए ।

salyan