Gold

धान दिवसमा कर्णालीमा विदा जुम्लामा १२ गते,

Naumule Migrate

असार १५ ,सुर्खेत – कर्णाली प्रदेश सरकारले आज असार १५ धान दिवसका दिन सार्वजानिक विदा दिएको छ।

सरकारले कर्णालीका दश जिल्लमा जुम्ला बाहेक सबै जिल्लामा विदा दिएको छ।

जुम्लामा चैत १२ गते धान दिवसको दिन भनेर विदा दिने निर्णय भएको हुनाले आज नदिईएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।

जुम्लामा चैत १२ गते धानको बीउ राख्ने गरिन्छ त्यो दिनले सांस्कृतिक तथा ऐतिहासिक महत्व झल्काउने हुनाले जुम्लामा चैत १२ गते बिदा दिने निर्णय गरिएको खड्काले जानकारी दिए।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोरोना महामारीका कारण यो वर्ष औपचारिक रूपमा धान दिवस मनाउन नपाउँदा फरक सन्देश दिन नसकिएको बताए ।

केसीले अगाडी भनिन सरकार किसानको निम्ति तत्पर छ भौतिक दूरी कायम गरि धान धन उत्पादन देखि विभिनन खेति किसानमा लाग्न अपिल गर्दछु।

प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद् बैठकले चैत १२ गते, असोज कृष्ण त्रयोदशी चन्दनाथ मन्दिरको लिङ्गो बोक्ने मेला (जुम्लामा मात्र), असार १५ गते, साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, माघ १ गते माघे सङ्क्रान्ति (माघी), चैत्र शुक्ल अष्टमी चैतेदशैँ प्रदेशभर मनाइने निर्णय भएको छ । फोत्तोलो ल्होसार सम्बन्धित समुदायको लागि मात्र बिदा प्रदेश सरकारले गरेको छ ।

Naumule Badhipahiro