बौद्द सम्मेलनमा प्रधानमन्त्री किन गएनन ?
वैशाख,१५, बुटवल – भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आजदेखि शुरु भएको छ । उक्त सम्मेलन उदघाटन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको थियो तर उनि गएनन ।
‘लुम्विनी, नेपाल भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तिको मुहान’ नारासहित दुई दिने सम्मेलन शुरु भएको हो ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने बताइए पनि उनी अनुपस्थित भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उदघाटन गरेका छन् ।
सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २२ वटा देशका विभिन्न तहका बुद्धिस्ट अगुवाहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा नेपाल र विदेशका बौद्ध धर्म, बौद्ध दर्शन, संस्कृतितथा सम्पदासम्बन्धी प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताहरुबाट विभिन्न १३ शीर्षकमा ३५ बढी कार्यपत्र प्रस्ततु गर्ने कार्यक्रम रहेको सम्मेलनका मिडिया संयोजक शरद प्रधानले जानकारी दिए ।
सम्मेलनले ‘लुम्बिनी, नेपाल: भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उदगम भूमि तथा विश्व शान्तिको मुहान’नारालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने र चिनाउने छ
, वृहत्तर लुम्बिनी विकास क्षेत्रलाई अन्तराष्ट्रिय बौद्ध हवका रूपमा विकास गर्ने तथा दिगो विकासका लागि प्रबद्र्धन गर्ने,लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रको रूपमा विकास गर्ने र नेपालको संस्कृति, सम्पदा, तथा धार्मिक पर्यटनको विस्तार र प्रबद्र्धन गर्ने उद्देश्य लिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए ।
शान्तिका अग्रदुत मानिने गौतम बुद्द को जन्म थलो लुम्बिनीमा हो भन्ने किम्बदन्ती छ ।, यो विषयमा केहि महिना अगाडी भारतले बुद्द भारतमा जन्मेका हुन् भन्ने समेत बोलेको थियो ।, यस्तो बोल्नुले यौटा विश्वले मान्ने भगवान बुद्दको अपहेलना गरेको ठहर्छ ।
बुद्द नेपालमा जन्मेका हुन् भनि विश्वमा बनाउन केहि महिना अगाडी काठमान्डौको टूडि खेलमा ७५ हजार जनाको सहभागी गरि शिर्ष नेताको सहभागिता समेत थियो ।
अबको दिनमा यस्ता बाहिर बाट आउने अपहेलित कुरा हुन नदिन र बुद्दको जन्म थलो यौटा विश्वको लागि पर्यटन थलो बनाउनआज देखि लुम्विनीमा सम्मेलन गरियको छ ।असले नेपाललाई थप उर्जा दिने छ।
तर हिजोको दिनमा बुद्दको बारेमा नारा लगाउने गरेका प्रधानमन्त्री ओली नै सम्मेलनमा गयका छैनन्। , प्रधानमन्त्री आजका प्रमुख अतिथि थिय।