Simta
Simta
lekbesi

कर्णालीमा एक अर्व दुई करोड पाँच लाखको बजेट पारित ,,

Gurvakot

वैशाख, १६ – कर्णाली प्रदेशले ल्याएको चालु आर्थिक वर्ष ०७४/७५ को तेस्रो चौमासिक बजेट पारित भएको छ ।कर्णाली सरकारले चालु आर्थिक वर्षका लागि एक अर्व दुई करोड पाँच लाखको बजेट ल्याएको छ ।

गत बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा प्रस्तुत गरेको बजेट आइतबारको संसद बैठकले सर्वसम्मत पारित गरेको हो ।बजेट पारित भएसँगै कार्यानवयनको बाटो समेत संसदले खोलिदिएको छ ।

आइतबारको संसद बैठकले आर्थिक वर्ष ०७४/७५ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषवाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक २०७५ पारित गरेपछि बजेट कार्यान्वयनको बाटो खुलेको हो ।

lekbesi

यस्तै आइतबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश आकस्मिक कोष विधेयक २०७५को मस्यौदा प्रस्तुत गरेका छन् । आर्थिक विधेयक पारित भएपछि मन्त्री ज्वालाले अर्को विधेयक टेवल गरेका हुन् ।

Simta