जाजरकोट बाढी पहिरो उद्धार पुनर्स्थापनाको लागि बन मन्त्रि र गृह मन्त्रिको छलफल,
साउन १ ,काठमान्डौ – वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतले जाजरकोट बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार-राहत एवं पुनर्स्थापनाको लागि गृहमन्त्रलायमा छलफल गरेका छन्।
मन्त्रि बस्नेतले बाढीपहिरो घाईते उपचारको व्यवस्था मिलाउने ,मनसुन अवधिमा विस्थापित परिवारहरुको अस्थायी व्यवस्थापन गर्नुपर्ने ,वाढी प्रभावित बारेकाेट गाँउपालीकाकाे भाैगर्भिक अध्ययन गरि आवश्यक पुनर्वासकाे याेजना लगायतका विषयमा गृहमन्त्रलयमा छलफल गरेका हुन्।
तेस्तै बाढीले क्षतिग्रस्त सडक ,सिंचाई ,खानेपानी,तटबन्धन ,पुलपुलेसा, भु -संरक्षण लगायतका पुर्बाधारहरुकाे पुनर्स्थापना गर्ने,बारेमा छलफल भएको र गृहमन्त्रि राम बहादुर थापा बादलले सकारात्मक प्रतिक्रिया दिएको पनि मन्त्रि बस्नेतले बताएका हुन् ।
तेस्तै विपदको क्षणमा लगातार साथ सहयाेग र प्रभाबकारी रुपमा प्रदेश सरकारकाे भुमिका पुरा गरेको भन्दै माननीय मुख्यमन्त्री ,आन्तरिक मामिला मन्त्री कर्णाली प्रदेश सरकारलाई पनि मन्त्रि बस्नेतले विशेष धन्यवाद दिएका छन् ।
केहि दिन अगाडी वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेत बाढीपहिरो पिडित प्रभावित क्षेत्र जाजरकोट बारेकाेट गाँउपालिका पुगेर फर्कीएका थिए ।
केहि दिनको व्यापक वर्षातका कारण प्रभावित बनेको जाजरकोट बारेकोट ४ सार्की गाँउमा पहिरोले दुई घर बगाउदा १२ जनाको मृत्यु भएको थियो।
मन्त्रि बस्नेत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लगेर बाढी पहिरो क्षेत्रको अध्यन गरि फर्कीएपछि गृहमन्त्री संग छलफलमा जुटेका हुन्।
विपदमा परेका जाजरकोट बासीमा लागि आफु जुनसुकै बेलापनि सहयोकको लागि तत्पर रहेको मन्त्रि बस्नेतले जानकारी दिएका छन्।