राजनीतिक अराजकताको जरो उखेलियो प्रचण्ड ,,

वैशाख,१८ काठमाडौं – देशमा राजनीतिक अराजकता अन्त्य भयको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बतायका छन् ।

बबरमहलमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने अब देशमा राजनीति अराजकता सकियो , अब जनताले देशमा विकास र निर्माणको कामले गति लिएको हेर्न चाहन्छु

आफूले युद्धलाई शान्ति र शान्ति प्रक्रियामार्फत् मुलुकमा ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गरेकोले अब जनताको अपेक्षा अनुसार काम गर्ने अवसर प्राप्त भएको उनले बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै राजनीतिक स्थिरता, विकास तथा समृद्धि र समुन्नतिको अपेक्षा गरेकोले सोही जिम्मेवारी पूरा गर्ने बताए ।

जनताले वामपन्थीहरुलाई मुलुकको समृद्धिका लागि दुई तिहाइ मत दिएको उल्लेख गर्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढ्ने योजना अघि सारेको बताएका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री जनार्दन शर्माले बदलिँदो परिवेश अनुसार आफूलाई बदल्न कर्मचारीहरुलाई सचेत गराएका थिए ।

अब सबैले आ आफ्नो ठाँउ बाट लागेर देशको विकाश गर्न पर्नेमा जोड दिदै प्रचण्डले भने। देश परिवर्तन गर्न धेरै संघर्स ,युद्द गरियो अब देसमा विकाश गर्ने हो यसको लागि हामि सबैको आवस्यकता छ ।

दस बर्षे जनयुद्दले राजनीतिक अराजकताको जरो नै उखेल्यो । अब केहि तेस्ता अबसेस बाँकी छन्, ती छिटै विलिन भयर जान्छन । अब विकाशमा लाग्नुस् ।