बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु ,

साउन २५ ,नेपालगन्ज – बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा आइतबार मृत्यु भएकी ७० वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोहलपुर नगरपालिका २ निवासी ति महिलाको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना गरिएको थियो।

अस्पताल भर्ना हुनेबेलानै उनीमाथि कोरोनाका मिल्दाजुल्दा लक्षण देखिएका थिए। निमोनियाका कारण अस्पतालको आइसोलेसनमा उपचार गरिरहेका थियौ। ,

आईतबार बिहान ११ बजे उँहाको मृत्यु भयो आईतबार साँझ ५ बजे आएको रिपोर्टमा उनीमाथि कोरोना देखियो अस्पतालका उप-निर्देशक डा. दिनेश श्रेष्ठले भने।उनको स्वाब भने शुक्रबारनै पठाईएको थियो रिपोर्ट आज आएको श्रेष्ठले बताए।
यो सहित बाँकेमा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ। यो अघिनै बैजनाथ गाउँपालिकाकी एक महिला र नरैनापुर गाउँपालिकाका एक पुरुषको कोरोनाबाट मृत्यु भईसकेको छ।
