मैले नदेखेको ”संसार”

रुपा रावल

भदौ ५ ,काठमान्डौ – संसार उज्यालो छ,जताततै उज्यालो को प्रकाशले रंगमय छ। जिबनका कयौ आरोह र अवरोहमा उज्यालोको महत्व अग्रस्थानमा छ।

जिबनलाई सृष्टिकै सुन्दर फुल भनेर मैले सोचेकि थिए। तर रहेन्छ सबै फुलहरु ले पनि सुगन्ध कहाँ दिदा रहेछन र।

जीवन पनि त्यही बगैंचा फुलेको फुल न हो कहिले ओईलिने,कहिले फक्रने, त कहिले काडा बनेर बारम्बार घोचिरहने एको अबोध को कोमल मुटुलाई ।

उज्यालो को दुनियामा रमाईरहेका कयौं, मानिसहरु खुशी होलान तर जो ्अन्धकार को संसार मा बसिरहेका मानिसलाई के होला तपाईं आफै कल्पना गर्नुहोस त ?

जीवन पनि उहीँ रहेछ,दैव पनि उहीँ रहेछ,जस्लाई चोटै चोटको चपेटामा राखी आफू हास्न चाहान्छ, रमाउन चाहान्छ,एक्लोपन को यात्रा गर्न,जिबनयापन गराउन बाध्य रहेछ। तर पनि खुसी भने सधै उस्तै उस्तै,उराठ उराठ लाग्दो,रंगहिन,स्वादहिन जिन्दगी देखेर कति कति घृणा लाग्छ होला आफै लाई तर मलाई भने जेजस्तो भए नि।

मेरो जीवनदेखि खुसी नै लाग्छ, आज म त्यही जीवन को बास्तबिक्ता लेख्दै छु। त्यही जीवन ले काटेका दुख,सुख का पलहरु लेख्दै छु,मेरो बाल्यकाल देखि को विना प्रकाशको यात्राको जीवन कथा लेख्दै छु,।

जिन्दगीले भोगेका चरम उत्कर्ष हरु को बारेमा लेख्दै छु, कहिले पनि बिर्सन नसक्ने गरि जिन्दगीले दिएको चोटहरु लेख्दै छु । अहिले सम्म नदेखेको अँध्यारो संसार को बारेमा लेख्दै छु । मेरो कथा,जीवन कथा,दुखको कथा आँखा बिनाको कथा आज लेख्दै छु ।

२०५० साल फागुन १३ गते मंगलबार जाजरकोटको नलगाड नगरपालिका वडान ४, नयाँ बस्ती एक विकट पहाडिया गाँउमा पिता ललित रावल र माता नैना रावल को कोखबाट मेरो जन्म भएको हो ।

गरिबी,अशिक्षित ,भौगोलिक बिकटता जस्ता चरम समस्या परेको मेरो परिवार पहिले देखि नै अभाव अभावको मार पर्दै आएको छ । एक दुर्गम गाउँ ,बिकास्त्मक दृष्टिकोणले निकै पछाडी परेको मेरो जन्मस्थान कस्तो छ,रातो हरियो या अरु कुनै रंग को अहिले सम्म थाहा नै छैना ।

मेरो जीवन हरेक पल छलकपट भैरह्यो या परिवर्तन भैरह्यो रितु हरु झै पल पल ,ईन्देणी जस्तै फरक फरक रंग मा । ईन्द्रेणीका रंग हरु झै चम्के पनि खुसी हुनेथे म तर ,रातो सेतो हरियो रंग जस्तै चमक भए नि खुसी हुन्थे। ,

तर सबै रंगहरुले चमकता नदिदारहेछन, मलाई सदैव कालो रंगले घेरिरह्यो,कालो बाद्लझै ढाकछोप गर्यो त्यही भएर त मेरो जीवन पनि कालो अँध्यारो संसार मा गयो।

सबै रितुले नि खुसी कहाँ दिदा रहेछन र , रितु मध्यको सब भन्दा राम्रो रितु वसन्त रितु,सबैको प्यारो रितु । कोईलिले गित गाउदा,जताततै हरियाली ,ढकमक्क फुलेका बास्नादार फुलहरु,पालुवा हरु, लेकबेशीमा फुलेका लालिगुराश हरुको आगमनको रितु वसन्त रितु हो ।

तर मेरो लागि एक जीवमा ठूलो चोट दिने, आँखा भरि आशुका कहिल्लै नसकिने गरि आँशुका मुलहरु दिने ,जिबन एक अन्धकारको खाडलमा डुबाएको रितु हो वसन्त ।

मैले यो रितुलाई पुर्ण रुपमा घृणा गर्न खोजेको हैन तर यहि रितुको बेला मेरो जिबनको बाटो मा ठूलो पहाड आएको थियो अर्थात म करिब डेढ बर्षको हुदा चैतको महिनामा मेरो दुइटै आँखाको ज्योती गुम्न पुग्यो । त्यसपछि मेरो जिन्दगीको अँध्यारो यात्राको प्रारम्भ भयो ।

पारिवारिक हिसावले मेरो घरमा मम्मी बाबा,दाइ,दिदी,भाइ अनि म । पेसागत हिसाबले सबै कृषि,(,खेतीपाती,पशुपालन) मा संलग्न ,जाजरकोट जस्तो पहाड बिकट एरियामा अरु के नै हुन सक्छ र ।

शिक्षाको दृष्टिकोणले सबै जना अशिक्षित ,अचेतन,पुराना रुढीबादी सोच ,परम्परा बोकेका। मेरो आँखा गुम्दा पनि सबै जना रुढीबादी परम्परागत सोचले धामी झाक्रीमा बिश्वास गरि मलाई अस्पताल को सट्टा धामी झाक्रीको साथमा लगियो।

तर केही पनि भएन। त्यसको केही समय पछि केहि आर्थिक जुटाई मम्मिले मलाई दाङ सम्म पुर्याउनु भयो। डाक्टरले सल्लाह अनुसार केही दिन दाङ मै बस्यौ । आमाको आँखामा खुसिको आशाको त्यान्द्रो लुकेको थियो ।

छोरिको आँखा को ज्योती आउँछ कि भनेर। अपशोच केही समय पछि डाक्टर आएर आमालाई भन्यो “सरि तपाईको छोरिको आँखा कहिलै बन्दैन, अब घर तिर लानुहोस” यो शब्द सुन्ने बितिकै आमा झस्किनु भयो।

ढल्यो आमाको आशाको त्यान्द्रो,झरे आँखाबाट आशुका बज्रपातहरु। बर्षिए मेरा आँखाबाट आँशुका मुलहरु। म त करिब ५ बर्षको सानो बालिका के थाहा। आमाको आँशुको महत्त्व नै बुझे न त आफ्नो आँखाको महत्व नै बुझ्न सके ।

मेरो आशाको त्यान्द्रो पनि त्यस्मै चुडियो । करिब ५ को उमेर सम्म मेरो जीवन तिनै पहाड ,कुना कन्धरामा बित्यो । त्यसपछि एउटा बिदेशी संस्थाको सहयोगमा मलाई मेरो बाबाले कोहलपुरमा लग्नु भयो ।

त्यहा भर्ना गरियो । मेरो सानै देखि को पढ्ने सपना पूरा भयो । म जस्तै साथी हरु पनि थुप्रै हुनुहुन्थ्यो । सोचेकी थिए, यो दुनिया मा म मात्र हु कि जस्तो लाग्थ्यो।

तर कोहलपुर आएपछी आफू जस्तै मान्छेहरु देख्न पाउँदा,मलाई केही गर्न मन लाग्यो,अगाडी बढ्न मन लाग्यो ,हामी बेला बेला पिडाहरु दु:ख हरु साटासाट गरिरहथे।

पहिलो पट्क बजार आएकी एउटि अबोध अन्धीलाई के नै थाहा हुन्थ्यो र। सुरु -सुरुमा त म कतै बाहिर गको बेला कोठा भेटाउन करिब २ घन्टा लाग्थ्यो, गाडिको भिड यता उता गर्दा डरले थरथर काप्थे,तर पनि यता उता छामछुम गर्दै लठ्ठीको सहाराले म आफ्नो कोठा भएको ठाउँ सम्म असहजले पुग्ने गर्थे। तर नियतिले ठगेको मान्छेलाई कसैले केही गर्द्रो रहनेछ जस्तो लाग्थ्यो जती बेला म सडकमा एक्लै हिडेको बेला गाडी हरुले छलेर जान्थो ।

मेरो केही बाल्यकालकाल जाजरकोटमा बिते पनि मेरो जीवन को अधिकांश जिबनहरु कोहलपुरमै वित्न पुग्य। मेरो कक्षा १ देखि १२ सम्मको पढाइ त्रिभुवन उच्च मा.बि कोहलपुरमा सम्पन्न भयो।

त्यसपछि म उच्च शिक्षा अध्यनको लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा स्नातक प्रथम बर्षमा भर्ना भ। भर्ना पछि मैले झन दुख कष्ट भोग्नु पर्यो, टाढा भए।

भर्ना पछि मैले झन दुख कष्ट भोग्नु पर्यो, टाढाको बाटो गाडी मा आवातजावत गर्न निकै कष्टपुर्ण रह्यो,कहिले बाटो मा हिड्दै गर्दा बाटोमा हिड्ने गोरुहरुले किच्ने गर्थे,कहिले साईकल वाला हरु ले नि हान्थे,म भुई मा पछारिन्थे,ढल्थे,साहरा खोज्थे ,तर सहारा को नै थियो र अरुको त कुरौ छोडम आफू संग भको लठ्ठी पनि हात ले छाम्न खोज्दा भेटीदैन्थ्यो।

बिस्तारै क्याम्पसमा साथिहरुसंग चिनजान सुरु भएको थियो,नेपालि समाज त्यो पनि रुढीबादी सोच ले निकै ग्रस्त अपांग ,दृस्टीविहिनलाई हेर्ने दृस्टीकोण नै फरक हुन्थ्यो ।

मलाई यिनै कुराहरुले बारम्बार कट कटि मुटु पोलिरहन्थ्यो, तर के गर्ने बल्झिएको गाउँ झन बझाउने काम मात्र हुन्थ्यो तर घाउमा मलहम पट्टी लगाउने केही नै थिएन म संग ।

करिब एक बर्ष क्याम्पस आवातजावत कोहलपुर बाटै गरे,त्यस्पछी म नेपाल्गंजमा आए,क्याम्पस नजिकैको घर अगाडी कोठा लिएर बस्न थाले ,कोहलपुर बाट आईसकेपछि मलाई झन् गार्हो भयो, ।

कोठामा एक्लै बस्नुपर्ने,सहयोग गर्ने मान्छे पनि कोहि नभएको,कोठामा खाना पकाउने देखि लिएर कपडा धुने,भाडा माझ्ने देखि लिएर सबै काम बिस्तारै अनुभवको आधारमा गर्न सिकिसकेको थिए ।

सुरु सुरुमा मलाई कहाँ के छ,भनेर बुझ्न समय लाग्थ्यो, मैले केही कुरा अनुभव को आधार मा सिकिसकेको थिए ,एक्लो संघर्षको गर्न बिस्तारै बानी परे ।

मलाई क्याम्पस जाँदा आउँदा मेरो साथीले लिने ल्याने गर्थिन ,जे होस मेरो आँखा नभए पनि आँखाको ज्योती बनेकी थिइ। उनी हुन् मौसमी बस्नेत ,उनको घर झापा हो,मौसमी संग भेट भएपछी मेरो जिबिनको दैनिकी क्रियाकलापमा केही सहज भएको थियो,मेरो भावना बुझ्थिन,हरेक समस्या मा पनि खुलेर सहयोग गर्थिन ।

म उन्को यस्तो भावनालाई भने सधै कदर गर्छु । मैले मौसमी बाहेक अरुले सहयोग गरेनन भन्न नि खोजेको हैन,सम्पुर्ण दाइ,भाइ दिदी बहिनिहरुले म प्रती थुप्रै गुण लगाउनु भएको छ,म उहाँहरु प्रती सदा रिनि छु,एक चोटि उँहाहरुको ऋणलाई तिर्ने कोसिस गर्ने छु,हेरम जिन्दगी ले साथ दियो भने ।

आँखाको ज्योति गुमेको,त्यसमा पनि पढाई ,अनि कोठाको एक्लो बसाई र अर्को तिर आर्थिक अभाब यी तीन चिजले मलाई सधै पिरोल्नु पिरोले,तर के नै विकल्प थियो जस्तो भयो ।

जे भयो जे दियो त्यस्मै सन्तुष्ट हुनु पर्ने बाध्यता । यस्तै यस्तै प्रकारका उतार चढाबहरुको सामना गर्दै मैले स्नातक पास गरे, केही राहत भएको जस्तो महशुस भयो,जीवन को एउटा आँखाको ज्योति आएको जस्तो लाग्यो शिक्षक सेवा आयोग,लोकसेवा आयोग पटक पटक दिए तर अह सकिन निकाल्न ।

निकाल्नु नि कसरी ,अरु जस्तो आँखाले देखेर पढ्ने भएपनि हुन्थ्यो जति पढ्यो त्यही सुनेर त्यो पनि सुनाउने मान्छे भएपछि,।

अनेकन प्रकारका उत्तार चढाबहरुलाई झेल्दै झेलदै म आज स्नातकोत्तर चौथो सेमेस्टरमा अध्यनरत छु ,नियतीले ठगे पनि मैले आफुलाई आफ्नो मेहनत र संघर्षबाट ठगेको छैन। जारी छ मेरो जीवन संघर्ष अविरल रुपा आफ्नो संघर्ष लाई जारी राख्ने प्रयास गर्ने छु।

,म अरुका अगाडी केही बन्न चाहन्छु ,जस्को अपांग,दृष्टिविहिन प्रतीको नकारात्मक भावना छ,उस्लाइ चुनौती दिन चहान्छु,देश को सेवा गरेर देशभक्त भावनाले ओतपोत हुन चाहान्छु,म जस्तै थुप्रै दृष्टिविहिन हरुको निम्ति केही गर्न चाहान्छु, तर सकेको छैन किनकी म अँध्यारो संसार मा छु,मैले तपाईं कस्तो हुनुहुन्छ म कस्तो छु देख्न पाएको छै। ,

आफ्नो अनुहार लाई नि नियाल्न पाएको छैन, तर पनि दृढ संकल्पका साथ आगाडी बढ्न चाहन्छु मलाई हजुरहरुको साथ चाहिएको छ । बाटो देखाउने मान्छे चाहिएको छ,त्यो बाटोमा लड्दै ,ठक्कर खादै भएपनि आफै हिड्ने कोसिस गर्ने छु। बस मात्र तपाईं को साथ र हौसला चाहिएको छ ।

उज्यालो भनेको अध्यारोले ,जन्माएको चमम्किलो बस्तु हो ,भन्थे जसरी प्रत्येकरात पछि बिहानिहरु आउछन जो अध्यारोमानै निश्चित रहन्छ भन्थे । हो,मेरो जिबन पनि उज्यालो बिनाको अँध्यारो जस्तै भको ।

जिबनमा अध्य्यारो भै उज्यालो हुन्छ भन्थे दु:ख पछी सुख आउछ भन्थे ।अ बुझ्छु, यो सारा समाजको रुढीबादी परम्परा मात्र हो खै मेरो अँध्यारो जिबनले जन्माएको उज्यालो मौनता ? खै दुख ले जन्माएको सुखको मौन ?

मलाई थाहा छ जिबनमा जुन बस्तु पाउन बनेर आयो त्यही बस्तु यथास्थिति अव्स्थामा रहिरहदो रहेछ । जस्तो बगेको पानी निरन्तर बगिरहन्छ ह साच्चै मेरो जीवन बगेको पानी झै हो । जो मुल बाट छुट्टी सके पछी निश्चित मार्ग भै बग्छ वा अनिश्चित बाटो भै बग्छ त्यो त मलाई नै थाहा छैन कता तिर बग्ने हो ।

जस्मा विभिन्न फोहर ढल हाले पनि विभिन्न रंगहरु मिसाएपनी त्यही रंग,त्यही आकार बनी दिन्छ जो मिसाईएको छ । दायाँ डोर्याए दायाँ बायाँ डोर्याए बायाँ नै जान्छ । तर त्यही पानीमा अमृत मिसाए अमृत बनिदिन्छ बीस मिसाए बीस नै बनिदिन्छ ।

डोर्याउदै लिई ठूलो खोज बाट खसाली लिई सुन्दर झरना बनिदिन्छ यस्को विपतित बाध लगाई थुनी दिए गहिरो ताल बनी दिन्छ ,कहिल्लै शुद्द जल बनिदिन्छ कहिल्ले साउने भल बनिदिन्छ । बास्तबमै मेरो जिबन बर्सेनि खहरे खोला को पानी हो ।

पानि यश अर्थमा हो कि मेरो जिबन सर्वव्यापि तरल झै हुदा,जस्मा नराम्रा बस्तु हरु नमिसाईकन राम्रो बस्तु मिसाई जिबन्लाइ एक सुन्दर र रगिन बनाउन चाहान्छु । बांधमा जम्मा भै थुनिनु को सट्टा बगेर सुन्दर सेतो झरना बन्न चाहान्छु ।

बिषरुपी खराब बस्तु मिसाई बीस बन्नु भन्दा राम्रो र शुद्द बस्तु मिसाइ अमृत बन्न चाहान्छु । तर यश परिस्थितिमा सबैको साथ स्पोर्ट्स र माया ममता चाहिन्छ जसरी चार पाग्रा बाट मिलि एक गाडी गुड्दछ ।

जिबनका दौड हरुमा सबै मनुष्यहरुलाई कोहि न कसैको साथ अपरिहार्य हुन्छ भने झन त म औपन्यासिक पात्र जस्तै हु मेरो जीवनको तर सबै ईच्छा अपेक्षा हरुलाई यथार्थ मा उतार्न चाहान्छु ।

यदि सबैको साथ अन स्पोर्ट्स भयो भने। यश कारण मेरो अँध्यारो जिबनलाइ उज्यालो प्रकाश लाई चिनाउन चाहान्छु फुलाउन चाहान्छु मेरा अध्यारा जिबनमा उज्याला फुलहरु ।औशी….

रुपा रावल ,जाजरकोट नलगाड नगरपालिका
हाल नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पस स्नातकोत्तर चौथौ सेमेस्टरमा अध्यनरत ,
दृष्टिविहिन,