surkhet

शुल्क नतिरेको भन्दै निजि विद्यालयका प्रिन्सिपलले अभिभावकको खुट्टा भाँचिदिए ,

surkhet

भदौ २० ,परासी – बक्यौता रहेको विद्यालयको शिक्षण शुल्क नतिरेको भन्दै नवलपरासी पूर्वीका एक अभिभावकलाई निजी विद्यालयका प्रिन्सिपलले खुट्टा भाँचिदिएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका,६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले आफ्नै विद्यार्थीका अभिभावक कृष्णप्रसाद अचार्यलाई कुटपिट गरेर खुट्टा भाँचिदिएका हुन् ।

कुटपिटबाट अभिभावकको खुट्टाको जोर्नीको हड्डी खुस्किएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी मोहनबहादुर खाँडले बताए ।

Dailekh
Gorkha

प्रिन्सिपलले साउन २८ गतेको बक्यौता शुल्क माग गरेका थिए ,कोरोना भाईरस र लकडाउनका कारण आफुले रकम तत्काल तिर्न नसक्ने बताएपछी कुँवरले गाली गलौज गर्दै कुटपिट गरेको घाइते आचार्यका छोरा लक्षण आर्चाले बताए बताए।

घटना भएको लामो समय हुँदा समेत गाउँघरको झगडा भन्दै प्रहरी समक्ष उजुरी पुगेको थिएन् । तर उपचार खुट्टाको अप्रेसन गर्नुपरेको र उपचार खर्च पनि धेरै लागेपछि अहिले आचार्य परिवार पीडित बनेको हो ।

आचार्यको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा घाईते आचार्यका छोरा राम आचार्यले भदौ ९ गते जाहेरी दर्ता गरेका थिए कुटपिटगर्ने प्रिन्सिपलको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी खाँडले बताए। ।

 

 

 

salyan