नेपाली जनताको ऐतिहासिक जनआन्दोलनले देशमा संविधान सभाबाट संविधान निर्माण भयो अध्यक्ष प्रचण्ड ,

असोज ३ ,काठमान्डौ – संविधान सभाबाट संविधान निर्माण भएको आज पाँच वर्ष पुरा भएको छ। २०६२,/ ६३ कोे जन आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो ।

सोहि दिनलाई सरकारले प्रतेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ। संविधान दिवस मूल समारोह समितिको आयोजानमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

समारोहमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिहरु र विभिन्न राजनीतिक दलका नेता र सुरक्षा निकायका प्रमुखहरु सहभागी हुदैछन् ।

ऐतिहासिक जनयुद्द र बाह्र बुँदे समझदारीको समायोजनबाट देशमा संविधान निर्माण भयो ,प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले जनताको अथक प्रयासपछि र ठुलो राजनीतिक परिवर्तनले देशमा संविधान सभा निर्माण भएको बताएका छन्।

संविधान दिवसको सुभकामना दिदै अध्यक्ष प्रचण्डले राजतन्त्रबाट गणतन्त्रमा ,एकात्मकताबाट संघियता समावेसी र समानुपातिक ,धर्मसापेक्षिताबाट धर्मनिर्पेक्षताको यो यौटा युगान्त परिवर्तनकारी रहेको बताएका हुन्।

नेपाली जनताको शोषण ,उत्पीडन ,विभेद ,अन्या ,अत्याचारबाट मुक्त र नयाँ समाज निर्माणतिर जानुनै यो संविधानको मुम अपेक्षा हो।

ईतिहाको मुल्यांकनले यो पाँच वर्ष लामो समय नरहेपनि यसले के संकेत गर्छ भन्ने महत्वपूर्ण कुरा रहेको अध्यक्ष प्रचण्डले बताए। संविधान निर्माण ,निर्वाचनको ऐतिहासिक प्रक्रिया समेत अन्यौल रहेको बेला तराई मधेशमा चलिरहेको आन्दोलनमापनि निर्वाचनमा जाने र संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चुनौतीलाई समेत पार गरि याँहा सम्म आएको उनले बताए।

आफ्नो नेतृत्वमा संचालित जनयुद्द ,सात राजनीतिकदल तत्कालिन नेकपा माओवादीले गरेको १२ बुँदे समझदारी र ऐतिहासिक जन्नान्दोलनले देशलाई संविधान सभाको निर्वाचनमा लैजान सफल भएकोमा आफुलाई गर्व र खुसि रहेको प्रचण्डले बताए।

स्थानीय ,प्रदेश हुँदै संघको निर्वाचन र यौटा फड्को आम नेपालिले प्राप्त गरेको र नेपाली जनताले चाहेको राजनीतिक स्थायित्व आर्थिक विकास ,सम्रिद्दी ,सामाजिक न्याय सबै उत्पीडित वर्ग न्याय ,जातजाति ,लिङ्ग र समुदायले समानताको अनुभूति गर्ने प्रक्रियाको आवस्यकता रहेकोलेनै वाम गठबन्धन गरेर नेपाल कम्युनिस्ट पार्टीमा जाने र पार्टीको घोषणा पत्रलाई सहर्ष स्वीकार गरेर देशमा झन्डै दुई तिहाई बहुमतको सरकार निर्माण भएको दाहालले बताए।

गठबन्धन र पार्टी एकतालाई सहर्ष स्वीकार गरेर राजनीतिक स्थायित्व र सम्रिद्दीको नेतृत्व गर्ने नेपालि जनताको विवेकप्रति नतमास्तक भएको भन्दै प्रचण्डले सुभकामना दिएका हुन्।

संविधान निर्माण कार्यनवयन भएपनि नेपाली जनताले चाहेजस्तो तिब्र रुपमा आर्थिक विकास ,स्थानीय सामाजिक स्थायित्व अझै हुन नसकेको उनले बताए।

सरकारको नेतृत्व गर्ने पार्टी भित्रनै बहस छलफल उतार चाडवा संसारमानै फैलिरहेको कोभिड १९ कोरोना महामारीका कारण अफटेरो र जटिल परिस्तिथि भएपनि आफ्नो एकतालाई नँया सिराबाट अगाडी बढिरहेको समेत प्रचण्डले आम नेपली जनतालाई बताएका हुन्।

संविधान दिवसकोयो पाँचौ दिन र आउने अन्य दिनमा सरकारको बाँकी रहेको झन्डै ढाई वर्षमा जनताले अपेक्षा गरे अनुसार अझै ब्यापक विकासक अपरियोजना अगाडी बढ्ने दाहालले बताए।

यो बिचमा ऐतिहासिक कामहरु पक्कै भएको र रास्ट्रिय एकता रास्ट्रीय स्वाधीनता अझै सुध्रिट हुँदै जाने समेत अध्यक्ष प्रचण्डले आम नेपालि जनतालाई जानकारी गरेका छन्।