कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो,झन् बढ्दै जोखिम

काठमाडौँ,१९ कात्तिक । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप २० कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।

यससँगै मृतकको संख्या एक हजार ४ जना पुगेको छ । मंगलबार देशभर थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ३ हजार १ सय ४२ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।