चितुवा आक्रमणबाट घाँस काट्न गएकी किशोरीको मृ,त्यु

२५ कार्तिक,काठमाडौं- चितुवाको आक्रमणबाट बैतडीकी एक किशोरीको ज्यान गएको छ । शिवनाथ गाउँपालिका ४ बगारकी अन्दाजी १८ बर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको हो । घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी किशोरीको आज दिउँसो साँढे २ बजेतिर चितुवाले आक्रमण गर्दा मृ त्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।

नरभक्षी चितुवाको आक्रमणबाट तल्लोसोराड क्षेत्रमा २०६८ साल यता अहिलेसम्म २७ जनाको ज्यान गईसकेको छ । आइतबार मात्रै भागेश्वरमा चितुवाले १२ बर्षीय बालकको ज्यान लिएको थियो । घट,नास्थल बैतडीको शिवनाथ गाउँपालिकासंग जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका १ मा पर्ने बैतडीले प्रहरीले जनाएको छ । घटनाका बारेमा थप बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली खटिसकिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

बैतडीको सीमासम्म बैतडीबाट पनि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । चितुवाले केही दिन शिवनाथसंग सीमा जोडिएको भारतको तमोलीमा पनि मान्छे ज्यान लिएको र सोही चितुवा नेपाल भित्रिएको हुन सक्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष साउँदले जानकारी दिए ।