न्याय माग्दा प्रहरीले गोलि हानि ह,त्या अन्य दुई जना गभिर घाईते, ,

मंसिर १० काठमान्डौ – ६ वर्षीया बालिका गुलाब साह खातुनको ह,त्या विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ ।

गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल ल्याईएको थियो। उनको मंगलबार राति १ बजे उपचारको क्रममा अस्पतालमै मृ,त्यु भएको हो।

प्रहरीको गोलि लागेर अन्य दुई जनापनि गम्भीर घाईते भएका छन्। बर्दिबास नगरपालिका १ घर भएका,श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी पनि घाइते भएका हुन् ।

बर्दिबास,१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कारपछि ह,त्या भएको विरोधमा उत्रिएकालाई प्रहरीले हिजो गोलि हानेको थियो ।

बर्दिबास गौशाला ५ का २५ बर्षका अरुण कुमार शाहले आफुले बालिकालाई चकलेट दिएर बलात्कार गरेको र ह,त्या गरेको स्वीकार गरिसकेको छ।

उसलाई अहिले प्रहरीले संरक्षण गरेको भन्दै स्थानीय आन्दोलन गरेका थिए । हत्यारालाई स्थानीयको जिम्मा लगाउनुपर्ने माग राख्दै हिजो युवा स्थानीयले गरेको आन्दोलनलाई प्रहरीले बल्जबर्जस्ती गरेर गोलि हानेको थियो।