सरकार किसानलाई बाँच्नदेउ उखु किसानको बिलौना ,

मङ्सिर २८ ,काठमान्डौ – उखु किसानले आफ्नो बक्यौता रकम माग गर्दै माईतिघर मण्डलामा बिहानै देखि आन्दोलन गरेका छन्। उखु किसान संघर्ष समितिको आह्वानमा उनीहरुले माइतीघर मण्डलमा आइतबार बिहानैदेखि आन्दोलन सुरु गरेका हुन् ।

गत वर्षको पुष महिनामा पनि उनीहरुले आन्दोलन गरेका थिए, चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू नभएको भन्दै उनीहरुले फेरी आन्दोलन थालेका हुन् ।

किसन मार्न पाईदैन ,किसनलाई बाँच्नदेउ सरकार ,बिर्कोमा लाको चिनीमा कसरि पस्यो माफिया ,सानो छ खेत सानो छ बारी सानो छ जहान ,सानो छ देश ठुलो छ सरकार अटेन सरकार लेखेका स्टिकर राखेर बिलौना गर्दै उनीहरुले आन्दोलन गरेका छन्।

आफुहरुको माग सुनुवाई नभए माईतिघर मण्डला हुँदै सिंहदरवार वालुवाटार घेराउ गर्नेपनि उखु किसानले बताएका छन्।