आज थप २४० संक्रमित थपिए, ४७७ कोरोनामुक्त,

माघ ३ ,काठमान्डौ – गत २४ घन्टामा नेपालभरिबाट थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो पछि नेपालमा कुल कोरोना संक्रमित संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

तेस्तै २४ घण्टामा ४७७ जना कोरोना संक्रमणबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । अब देशभरी सक्रिय कोरोना संक्रमितको संख्या भने ४ हजार ५८ छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ,गत २४ घन्टामा कोरोना संक्रमणबाट ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५४ जना रहेको छ ।

lekbesi