surkhet

अनेरास्ववियूले प्रतिगमनलाई जुत्ता हान्ने तयारि गर्दै ,

surkhet

फागुन ७ ,काठमान्डौ – अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाको प्रचण्ड–माधव नेपाल निकट तामाङ समूहले प्रतिगमनलाई जुत्ता हान्ने र शंख जुलुससहित बालुवाटार घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

उक्त समूहले हिजो पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध देशभरका कलेज र आयल निगम कार्यालय अगाडि प्रदर्शन गरेको थियो। आज बिहान ११ बजे विश्वविद्यालय व्यवस्थापन, अनुदान तथा छात्रवृत्तिमा भएको अपारदर्शीता र अनियमितताविरुद्ध ज्ञापनपत्र बुझाइने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिएका हुन् ।

Gorkha

फागुन ८ गते १ बजे अनेरास्ववियूका पूर्वअध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा रत्नराज्य क्याम्पस अगाडि श्रद्धाञ्जली सभा गर्ने र फागुन १० गते दिउँसो २ बजे प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम राखिएको अनेरास्वियुले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

Dailekh

फागुन ११ गते ११ बजे त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने, १३ गते सभामुख अग्नि सापकोटालाई अवरुद्ध संसद सुचारू गर्न ध्यानाकर्षण गराउने र १४ गते प्रतिगमनविरुद्ध मार्चपास गर्ने कार्यक्रम अनेरास्ववियूले सार्वजनिक गरेको छ ।

salyan