दलित भनेर गालि गलौज गरेपछि बिष्णु भण्डारीलाई दलितले लगाईदिय कालो मोसो र जुताको माला,गराईयो गाँउ परिक्रमा ,

बैशाख ६ ,काठमान्डौ – नबलपुरमा दलित भन्दै जातीय विभेद, अपमान र दुव्र्यवहार गर्ने बिस्णु भण्डारीलाई स्थानीय गाउँले मिलेर जुत्ताको माला र कालोमोसो लगाएर घुमाएका छन्।
नबलपुर जिल्लाको मध्यबिन्दु १ मा बस्दै आएका बिष्णु भण्डारीलाई आइतबार कालोमोसो र जुत्ताको माला लगाइ गाउँ घुमाएको हो । भण्डारीले पटक पटक दलित समुदायमाथि जातिय दमन गरेको खुलेको छ।
उनले पछिल्लो अबसरमा नयाँ वर्षको अवसरमा आयोजित वनभोज कार्यक्रममा मध्यबिन्दु १ निवासी दिपक बिश्वकर्मा माथी दुव्र्यवहार गरेका थिए।
दलितले छोएको खानु हुँदैन भन्दै उनले उक्त कार्यक्रममा जातिय विभेद गरेका थिए । पछिल्लो समय देशका विभिन्न जिल्लाका स्थानमा दलितमाथि जातिय दुर्व्यवहार हुने गरेको पाईएको छ ,।
आफूहरुमाथि पटक पटक अपहेलना दुर्व्यवहार हुनेगरेपानी दलितले न्याय पाउन सकेका छैनन् ,सरकार बेखबर रहेपछि अब यो अभियान दलितहरुलेनै सुरु गर्ने बताएका हुन्।
