suekhet
bheriad

शुक्रबार देखि रजनिको ” पटुकी ” रिलिज

lekabesi

रंग दर्पण १५ माघ –  शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘पटुकी’लाई लिएर नायिका रजनी केसी उत्साहित छिन् । यो चलचित्र प्रेम गर्नेहरुका लागि उपयुक्त हुने उनको भनाई छ । उनले चलचित्र ‘परदेशी’ पछि आफूले धेरै आशा गरेको चलचित्रमा ‘पटुकी’ रहेको समेत बताइन् ।

उनले पत्रकारहरुसँग भनिन्–‘पटुकी’मा मैले काम गर्न चाहेको भूमिका पाएकी छु । चलचित्र निकै राम्रो बनेको छ । दर्शकहरुले मलाई र चलचित्रलाई साथ दिनुहुनेछ ।’ चलचित्रको सफलता र असफलताले आफूलाई खासै फरक नपार्ने उनको भनाई छ ।

उनले आफूले सधै नै आफ्नो भूमिका हेरेकाले चलचित्र चल्नु र नचल्नुले आफूलाई खासै फरक नपार्ने बताइन् । चलचित्रका निर्माता तथा कलाकार म्याक्टेन कालुका अनुसार यो चलचित्र महिला केन्द्रित छ । दर्शकले कमेडी र सामाजिक सन्देश चलचित्रबाट पाउने उनले बताए । यो चलचित्रमा रजनी केसी, जेम्स बीसी, म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ । राम नेपालले यो चलचित्रको निर्देेशन गरेका हुन् ।