suekhet
bheriad

सिन्डिकेट अन्त्यकालागि सरकारले कसैसंग सम्झौता नगर्ने गृहमन्त्री थापा बादल ,

lekabesi

जेठ,१८ विराटनगर – गृहमन्त्री रामबहादुर थापा बादलले विभिन्न क्षेत्रमा मौलाएको सेण्डिकेट अन्त्यका लागि सरकारले कसैसंग सम्झौता नगर्ने बताएका छन् ।

विराटनगरमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने ‘वैदेशिक रोजगार, उद्योगलगायत जुनसकै क्षेत्रमा हुनेे सेण्डिकेट, को लागि सरकारले कदम चाल्छ र तेस्तो भित्र मौलायाका हुण्डी बाद र तस्कार हरुलाई कार्बाही गरेरै छोड्छ।

थापाले समयमै काम नगर्ने ठेकेदारविरुद्ध सरकारले कठोर कदम चाल्ने पनि दावी गरे । उनले सरकारको काम कानुन हातमा लिने नभइ कानुन कार्यान्वयनमात्र भएको पनि बताए ।

ठेक्कापट्टाका विषयमा भौतिक पूर्वाधार मन्त्रालयले छानबिन गरिरहेको बताउदै गृहमन्त्री थापाले भने ‘लापारवाही गर्ने निर्माण व्यवसायीलाई भौतिक योजना मन्त्रालयले छानबिन गरिरहेको छ, उनीहरुलाई कारबाही गर्ने सडक विभागले हो, त्यसका लागि गृह मन्त्रालयले सहयोग मात्र गर्ने छ ।’

बजेट भाषणपछि बजारमा मंहगी बढ्यो नि भनी सञ्चारकर्मीले गरेको प्रश्नमा गृहमन्त्री बादलले भने। ‘बजेटको कारणले बजार मूल्य बढेको होइन।, यदि कसैले अनेक बाहना बनाएर मूल्य बढाएर कालोबजार गर्छ भने त्यस्तालाई सरकारले कारबाही गर्छ ।

थापाले भने यदि कसैले ठेक्का लगेर समयमै काम नसक्नु विभिन्न बहाना बाजी गर्छ भने तेस्को फोटो खिचेर समेत समाचार , फेसबुकमा हाल्नुस हामि कार्बाही गर्छौ। ,