प्रधानमन्त्री ओलीले बेलायतसंग मागे कोरोना खोप
जेठ ६ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बेलातसंग कोरोना खोपको सहयोग मागेका छन्।
बिहीबार बेलायती राजदूत निकोला पोलिटसँगको भेटमा उनले नेपाली नागरिका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन अनुरोध गरेका हुन्।
प्रधानमन्त्री ओली र पोलिटको शिष्टाचार भेट दुई देशबीचको आपसी सम्बन्ध, मुख्यत: काेभिड- १९ विरूद्दकाे लडाइँमा परस्पर सहयाेगकाे आदानप्रदान बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।