बादललाई भोट हाल्ने सांसदलाई हेलिकोप्टर तयार गरिएको थियो तर उड्न सकेन

जेठ ६ ,काठमान्डौ – एमाले ओली समूहबाट राष्ट्रियसभाको उपनिर्वाचनमा उमेद्वार बनेका राम बहादुर थापा बादललाई भोट हाल्ने सांसदलाई एमालेले हेलिकोप्टर तयारी अवस्थामा राखेपनि मौसमका कारण उड्नसकेन।

बादललाई भोट हाल्ने निर्णय गरिसकेको राप्रपाकी सांसद रिता माझी बिहीबार बिहानसम्म काठमाडौंमै थिइन् ।बेलीमाया र रिता दुबैको भोट रामबहादुर थापा बादलको पक्षमा पक्षमा थियो ।

रिता अहिले दुई महिनाकी सुत्केरी भएकाले भोट हाल्न हेटौडा जान नसक्ने भन्दै रोकिएकी थिइन् । भोट हाल्न जान नसक्ने खबर पछि उनलाई बिहानै फोन गरेर हजुरको लागि हेलिकोप्टर तयार छ भनेर एयरपोर्टमा बोलाईएको थियो।

त्यस्तै एमाले सांसद घलेलाई पनि हेलिकोप्टरबाट हेटौंडा लैजाने भनिएको थियो प्रधान कार्यालयको गाडीमा हालेर त्रिभुवन विमानस्थल पुर्याईयो । तर खराब मौसमका कारण प्रभु हेलिकोप्टर  उड्न नसक्ने भन्दै खबर आएपछि उनीहरुले एमालेका सांसदहरुसंग गाडी चढेर हेटौंडा प्रस्थान गरेका छन्।