राहतको नाममा ओली सरकारको १० किलो चामल तेस्मा पनि भोट माग्दै पार्टीको चिठी

जेठ १२ ,काठमान्डौ – अहिले देशभर नागरिक कोरोना संक्रमणले त्रसित छन्। दैनिक छाक टार्न मुश्किल नागरिकलाई हाल सम्म सरकारले राहत प्याकेज ल्याएको छैन।

बैशाख १७ गतेबाट गरिएको लकडाउन सरकारले जेठ २० गते सम्म कायम गरेको छ। नेकपा एमालेको इटहरी नगर कमिटीले वडा नम्बर ३ को सुनौलो बस्तीमा राहत बाँडेको छ ।११२ परिवारलाई १० किलोग्राम चामल, तीन किलोग्राम दाल,तीन किलोग्राम आलु र एक पोका तेल राहत स्वरुप दिएको छ ।

अघिल्लो सातामा नै राहत बाँड्न खोजेपनि स्थानीय प्रशासनले राहत वितरणका लागि एकद्वार प्रणाली अपनाएको भन्दै वडाध्यक्षले रोकेका थिए । मंगलबार नगर प्रमुखले अनुमति दिएपछि उपमेयर लक्ष्मी गौतमको उपस्थितिमा राहत वितरण भएको थियो ।

तर कोरोना संक्रमित तथा विपन्न परिवारलाई दिइएको राहतमा ‘नेकपा एमालेको तर्फबाट’ चिठी पनि भेटिएको छ । जसमा लेखिएको छ, ‘यस महामारीको सामना गर्न तपाईंहरुको साथमा सिंगो नेकपा (एमाले) पार्टी रहेको छ, भन्दै संक्रमित टोलबासीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

राहतमा चिठ्ठी छ भनेन कुरा आफूलाई थाहा नभएको र राहत पुगे र खोलेपछि मात्र आफूलाई थाहा भएको उपमेयर गौतमले बताईन। राहतमा राजनीति गर्न खोजेको भन्दै विवाद भएपछि राहतको पोकोबाट पत्र निकालेर फ्याँकिएको थियो । पत्रमा एमाले नगर अध्यक्ष यामकुमार सुब्बाले हस्ताक्षर गरेका छन्। उनि भन्छन विपन्न बस्तिलाई सान्त्वना स्वरुप राहत दिईएको र स्वास्थ्यलाभको कामना अव्यक्त गरिएको छ। यो विषयलाई ठुलो नबनाऔ।