ओली समूहका सांसद भन्छन वालुवाटारबाट आदेश दिदैमा हामि सरकारलाइ दिएको समर्थन फिर्ता लिन्नौ

जेठ १२ ,काठमान्डौ – नेकपा एमालेको संसदीय दलको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बिहान बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ताका लागि निर्देशन दिएको थियो । वालुवाटारमा बसेर प्रधानमन्त्रीले निर्देशन दिदैमा सरकारलाई दिएको समर्थन फिर्ता हामि लिन्न।

समर्थन फिर्ता लिएपनि तत्काल सरकार गठन गर्नमा कठिन हुन्छ सांसद पूर्णा जोशीले बताइन। अहिले देशभर कोरोना महामारीमा अचालिरहेको हुँदा सरकार ढाल्ने र निर्माण गर्नेमा हामी छैनौ ।

यस्तै कोरोना संक्रमणसंग लड्न सरकारलाई आफूहरुले सघाउने पनि उनले बताईन। बुधबार बसेको बैठकमा २१ जना सासंद सहभागी थिए। सभामुखबाहेक अरू तीन जना सांसद बैठकमा उपस्थित थिएनन्।

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।

तिनै जना माधवकुमार नेपाल समूह पक्षधर हुन्। ५३ सदस्यीय प्रदेश सभामा नेकपा एमाले २५ सांसदसहित ठूलो दलका रुपमा छ। त्यसमा ओली समूहका जम्मा ७ जना छन् भने १८ जना खनाल-नेपाल पक्षका सांसद छन्।

त्यस्तै १३ जना माओवादी केन्द्रका संसद छन् ति मध्ये एक जनालाई माओवादी केन्द्रले कारबाही गरिसकेपछि १२ जना सांसद रहेका छन्। यस्तै २ जना जनता समाजवादी पाटीका सांसद छन्। नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा अहिले प्रदेश सरकार छ।